राजकुमार पासवान
कञ्चनपुर,४ मंसिर । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर शाखाका कर्मचारीले विद्युत मिटर रिडिङ्गमा फेरी लापर्वाही दोह¥याएका छन् ।
सुधार गर्ने प्रतिवद्धता गरेको प्राधिकरणले एक साता नवित्दैं फेरि दोह¥याएका हो । नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख इन्जिनियर चन्द्रनारायण साह र शाखा कञ्चनपुर प्रमुख धिरेन्द्र यादवलाई कञ्चनपुर प्राधिकरणको कार्यकक्षमा बैंठकमा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र वडा अध्यक्षहरुले कञ्चनपुर शाखाका कर्मचारीद्वारा विद्युत मिटर रिडिङ्गमा गरिएको लापरवाहीबारे ध्यानाकर्षण गराउन सचेत गराएका थिए । त्यस क्रममा राजविराजका प्रमुख इन्जिनियर साहले कर्मचारीद्वारा भएको कमी कमजोरी र केही प्राविधिक कारणले गर्दा ग्राहकवर्गमा भएको क्षतिप्रति क्षमायाचना गरेका थिए ।
विद्युत चुहावट नियन्त्रण गर्नुपर्ने त्यसमा कञ्चनरुप नगरपालिको जनप्रतिनीधिहरुलाई साथ दिन समेत आग्रह गर्दै कञ्चनपुर शाखामा शाखा प्रमुख नियमित बस्ने, कार्यालय प्राङ्गनमा प्रतिक्षालयसहितका व्यवस्थापन गर्ने प्रतिवद्धता प्रमुख साहले गरेका थिए । तर एक साता नवित्दैं कञ्चनरुप नगरपालिका–८ निवासी विद्युत सेवाग्राही सुनिता साहको २०७४ कार्तिक महिना विद्युत रसिदमा हालको अंक ८८४७ साविक अंक ८४७२ जम्मा खपत युनिट ३७५ भएको सोही रसिद अनुसार सेवाग्राही साहले २०७४ कार्तिक २० गते चार हजार रुपैया तिरि सकेको अवस्थामा २०७४ मंसिर महिनाको रसिद ३ गते मिटर रिडिङ्ग गर्न आउँदा सो कार्तिक महिना खपत युनिट र तिरेको रकम नघटाई फेरी अर्कोतिर दोहोरो लापर्वाही २०७४ कार्तिक महिना रसिदमा २०७४ मंसिर रसिदमा कार्तिक महिनाको खपत युनिट ३७५ नघटाई हालको अंक ९०७१ साविक अंक फेरी ८४७२ गरि खपत युनिट ५९९ प्रिन्ट रसिद आएको छ । यसरी तिरिसकेको रकम फेरि तिर्नुपर्ने अवस्था आएपछि सुनिता आश्चर्यचकित भएकी छिन् ।
जब कि सनिता साह कार्तिक महिनाको ३७५ युनिटको चार हजार रुपैयाँ तिरिसकेकी छिन् । मंसिरको हालको अंक ९०७१ साविक अंक ८८४७ तथा खपत युनिट २२४ हुनुपर्ने थियो । सुनिताको मात्र नभई विद्युत कम्प्युटर कर्मचारीको चरम लार्पावाहीका कारण यस भेगका हजारौं सेवाग्राहीलाई समस्या हुनुका साथै मिटर रिडरले ग्राहकको घर जाँदा मिटरमा अन्तिम नम्बर समेत नहेरी अनुमानको भरमा रसिद काटिने गरेको, रसिदमा रकम उल्लेख नगर्ने, नियमित रुपमा रकम चुक्ता गरि रिवेट पाउनु ग्राहकवर्गको बिलमा समेत पाँच हजारदेखि सात हजारसम्म रकम थपेर रसिद काटिएको ग्राहकहरुले गुनासो गरेका छन् ।
यस विषयमा नेपाल विधुत प्राधिकरण कञ्चनपुर शाखाका प्रमुख धिरेन्द्र यादवलाई बुझ्दा ‘कर्मचारीलाई सुधार गर्न भनिएको छ, यदी सुधार गरिएन भने कार्वाही गरिनेछ’ जवाफ दिएका छन् ।