राजविराज, ४ मंसिर । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १५ देउरी भरुवामा कृषकहरुले पालेको पशुहरुमा अज्ञात रोगको संक्रमण देखिएको छ ।
अज्ञात रोगका कारण हालसम्म दुई दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भईसकेको छ । कार्तिकको अन्तिम साताबाट सुरु भएको अज्ञात रोगबाट देउरी भरुवा टोलका १३ जना पशुपालकको गाई, गोरु, भैसी, बाख्रा लगायत पशुचौपायाको मृत्यु भएको छ ।
उक्त टोलका बौकाई यादवको २ भैसी, गाई, गोरु एक÷एक र ३ बाख्रा, बमभोली देवीको २ भैसी, डोमी यादव, सवुरी यादव, गन्नु यादव, राम विलाश यादव र गुणानन्द यादवको एक–एक भैसी, गुदर यादव र महिन्द्र यादवको एक–एक गाई तथा सुनिता यादव र डोमी यादवको एक÷एक बाख्रा गरी २७ थान पशुचौपायाको मृत्यु भएको छ ।
अज्ञात रोगले ¥याल आउने, दम फुल्ने, घाँटी फुल्ने र पातलो गोबर छेर्ने लक्षण देखिए केही घण्टामै मृत्यु भईरहेको स्थानिय पशुपालकहरुले बताउनुभयो ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीका पशु विकास, योजना तथा बजार प्रवद्र्धन शाखाका प्रमुख परमेश्वर यादवले एच.एस एण्ड वी.क्यु. (गरगट्टा) रोगका कारण पशुचौपायाको मृत्यु भएको जानकारी दिनुभयो । रोगको परीक्षणकालागि तत्काल ल्यावमा पठाउने अवस्था नभएका कारण अनुमान र अनुभवका आधारमा एच.एस एण्ड वी.क्यु. को भ्याक्सिन दिएपछि रोग नियन्त्रणमा आउन लागेको बताउनुभयो