
राजविराज, ४ मंसिर । नेपाली कांग्रेस सप्तरीका युवा नेता धु्रव देवलाई सोमवार पितृशोक परेको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६ निवासी सिताराम देवको ७८ वर्षको उमेरमा निधन भएको हो । ब्लड प्रेसर सम्वन्धि समस्याबाट पीडित रहँदैआएका उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा विहान ४.३० बजेको समयमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनको शवलाई सोमवारै भारतको सिमरिया घाटमा लगी हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । सेभ द सप्तरीका अध्यक्ष समेत रहेका ध्रुवले मुखाग्नी दिएका छन् । मृतक देवका पत्नी द्रोपती, दुई छोराहरु ध्रुव र सन्तोष तथा दुई छोरी बिन्दा र निरो रहेका छन् ।
सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएका धु्रव यसअघि स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाबाट मेयर पदमा समेत उम्मेदवार भएका थिए ।