• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनकपुरमा बन्ने भो धनुष अंकित रंगशाला

काठमाण्डौ, ३ मंसिर । राष्ट्रको पहिचान तथा गौरव इन्टरनेशनल हब संसारको आकर्षण केन्द्र धनुष अंकित रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद, सातोदोबाटोको कार्यालयमा खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले पत्रकार सम्मेलन गरि निर्णय सार्वजनिक गरेका हुन् । उक्त अवसरमा रंगशालाकोलागि जनकपुर उप–महानगरपालिका, वडा नम्वर १४ स्थित १७ विग्घा जग्गा नेपाल गुठी संस्थानले उपलब्ध गराएका छन् ।
नेपाल गुठी संस्थान प्रधान कार्यालयको कार्यकारी प्रमुख नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशव विष्ट बीच लिखित सम्झौता समेत भएको छ । उक्त सम्झौता अनुसार गुठी संस्थानले वार्षिक ९ लाखको भाडामा ३० वर्षकोलागि राष्ट्रिय खेलकुद परिषद्लाई ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ को लागि उपलब्ध गराएका छन् ।
पत्रकार सम्मेलनमा मार्फत परिषद्का सदस्य सचिव विष्टले यस वर्ष रंगशाला निर्माणकोलागि म्एच् तयार गरिनेछ र आगामी वर्ष देखि निर्माण कार्य अगाडी बढाइने छ । तीन वर्षभित्र निर्माण कार्य सकिने लक्ष्य राखिएको छ । तत्काल, तराई मधेशमा प्रख्यात खेल क्रिकेट, हाकी, फुटबल, कुस्ती, कबड्डी र खोको खेललाई यस रंगशालामा ठाउँ दिएको जानकारी पनि विष्टले गराए ।
कार्यक्रममा खेलकुद परिषद्को प्रशासकीय प्रमुख वासुदेव आचार्य, नेपाल गुठी संस्थानको सह–प्रशासक जय प्रसाद रेग्मी, शुरुदेखि रंगशालाको लागि पहल गरिरहेका श्री राम जानकी खेलकुद संस्थाका अध्यक्ष दिनेश पुर्वे र सामाजिक अभियन्ता तथा तराई मधेश राष्ट्रिय परिषद्का सदस्य सरोज राय, जनकपुरको समाज सेवी अभय शर्मा, खेलकुदका कर्मचारी र खेलाडीको साथ विभिन्न राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति थियो ।