• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

निर्वाचन कार्यालयद्वारा चुनावी गतिविधि तीब्र

निर्वाचन कार्यालयद्वारा चुनावी गतिविधि तीब्र

सप्तरी, ३ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै गर्दा जिल्ला निर्वाचन कार्यालय सप्तरीले आफ्ना गतिविधिलाई तिव्रता दिएको छ ।
एक साता अघिदेखि मतदाता शिक्षा सञ्चालनमा ल्याएको कार्यालयले आइतवार सप्तरीका सञ्चारकर्मीलाई समेत प्रशिक्षण दिएको छ । प्रशिक्षणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, संबैधानिक तथा कानूनी व्यवस्था, निर्वाचनमा सञ्चार माध्यमको भूमिका, आचारसंहिता र आम सञ्चारसंग निर्वाचन कार्यालयको अपेक्षा, मतदान तथा मत गणनाबारे जानकारी गराइएको छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन र आचारसंहिताको पालना र सचेतनामा सञ्चार क्षेत्रको गहन भूमिकाबारे बताउनुभयो । पत्रकारहरूलाई सुचना छिटो भन्दा छिटो उपलब्ध गराउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले निर्वाचन भयरहित, स्वच्छ, मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चारकर्मीले प्रमुख भुमिका खेल्नुपर्ने बताए । निर्वाचन सम्बन्धी समाचार लेखन, विश्वसनियता, निष्पक्षता, आधिकारिक स्रोत, समाचारका माध्यमबाट मतदातालाई सु–सूचित गराउने लगायतका विषयमा विचार व्यक्त गरे । क्षेत्र नम्वर–४ का निर्वाचन अधिकृत सानुभाई केसीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिवहरि प्रसाद भट्टराईले निर्वाचन राष्ट्रिय पर्व भएकोले सबैले आत्मसात गरेर सहज वातावरणमा सम्पन्न गर्नु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश झाले निर्वाचनमा सत्यतथ्य सुचना लिन पत्रकारहरूले समस्या भोग्दै आएकोले सुचनाकालागि छुटै डेक्स स्थापना गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा महासंघका अध्यक्ष जितेन्द्र खडगा, जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिप यादवले सहजिकरण गरे । कार्यक्रमा सप्तरी जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।