• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

यो चुनाव मधेश पक्षधर र विरोधी बिचको संघर्ष होः उपेन्द्र

यो चुनाव मधेश पक्षधर र विरोधी बिचको संघर्ष होः उपेन्द्र

राजविराज, २, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका शहिदहरुको बलिदानीलाई सम्झेर मतदान गर्न मतदातासँग अपील गरेका छन् ।
महदेवा गाउँपालिका वड़ा नम्वर ६, ढिकुलीमा शनिबार फोरम नेपाल र राजपाको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनीधि सभा सप्तरी क्षेत्र नम्वर–२ का उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भोटको सही उपयोग गर्न मतदातालाई आग्रह गरेका हुन् । भोट हाल्न आम जनतालाई अपील गरेका छन । शहीदको सपना र बलिदानीलाई खेर जान नदिन मधेश गठबन्धनलाई जिताउन अपील गर्दै अध्यक्ष यादवले भने ’भोट हाल्ने बेला छातीमा हात राखेर शहीदहरुलाई सम्झिनुस, अनि अन्तरात्माको आवाज सुनेर मधेश गठबन्धनलाई भोट हाल्नुस ।’
मधेशको शोषक तीन ठूला दल भएको टिप्पणी गर्दै यादवले चुनाव मधेश पक्षधर र विरोधी बीचको लड़ाई भएको स्पष्ट परेका छन् । उनले भने ’यो सामान्य चुनाव होइन, मधेश आन्दोलनका पक्षधर र मधेशका विरोधी बीचको संघर्ष हो ।’ सप्तरी क्षेत्र नम्वर २ का प्रतिनीधि सभाका प्रत्यक्ष उम्मेदवार यादवले सप्तरीको विकास र समृद्धिको लागि आफुले जन्मभूमिबाट उम्मेदवार बनेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष शेखर सिंह, फोरम नेपालको तर्फबाट सप्तरी क्षेत्र नम्वर २ को (ख) का उम्मेदवार शैलेन्द्र प्रसाद साह लगायतको उपस्थिति थियो ।