• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एफएम बन्द भएकोप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

एफएम बन्द भएकोप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

राजविराज, २ मंसिर । राजविराजमा सञ्चालित १०१ दशमलव ४ मेगाहर्ज रेडियो छिन्नमस्ता एफएम कार्तिक २९ देखि बन्द रहेको प्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
एफएमका सञ्चालक समिति सदस्य नरेशप्रताप साहले नेपाल पत्रकार महासंघमा दिएको निवेदन अनुसार ०७४ कार्तिक २९ गते साँझ जनकपुरका शितल साह र सप्तरीका नविन नरसिंह नेपाली लगायतका ५÷७ जना व्यक्ति १०÷१२ जना प्रहरी समेतको संलग्नतामा एफएमवाट ट्रान्समिटर खोलेर लगेको महासंघका अध्यक्ष जितेन्द्र खड्गाद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । ‘सञ्चालनमा रहेको एफएम यसरी कुनै प्रकारको विवादका कारण एक्कासी वन्द हुनु चिन्ताजनक विषय हो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘त्यसमाथि पनि प्रहरी प्रशासनको सक्रियतामा यसरी विना कुनै पुर्व जानकारी एफ एमmको उपकरण खोल्ने कार्य प्रति महासंघको घोर आपत्ति रहेको छ ।’
एफएमका सञ्चालकहरु विच कुनै प्रकारको विवाद वा मतभिन्नता भएपनि त्यसको समाधान खोज्नु र आवश्यक पहल थाल्नु स्थानिय प्रशासनको दायित्व भएको भन्दै सञ्चालक विचको लेनदेनको विवाद वा मतभिन्नताको वहानामा प्रहरी नै लगाएर सञ्चालनमा रहेको सञ्चार संस्थाको उपकरण खोल्ने वा जफत गर्ने कार्य स्वतन्त्र पत्रकारिताको राज्यको नीतिमाथि पनि कडा प्रहार भएको महासंघ शाखा सप्तरीले ठहर गरेको छ ।
आईन्दा स्थानिय प्रहरी प्रशासन र अन्य कुनै निकायवाट यस्तो निन्दनिय कार्य नदोहोर्याउन भन्ने तर्फ सम्बन्धी सवैलाई सचेत गराउँदै बन्द रहेको छिन्नमस्ता एफएम १०१ दशमल ४ मेगाहर्ज अविलम्ब सञ्चालन भई त्यहाँ कार्यरत श्रमजिविहरुको उचित व्यवस्थापनका लागि समेत सम्बन्धित पक्षसँग महासंघ सप्तरीले आग्रह गरेको छ ।