• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बीस बर्षपछि टोलमै जनप्रतिनीधिद्वारा सामाजिक सुरक्षा भत्ता

बीस बर्षपछि टोलमै जनप्रतिनीधिद्वारा सामाजिक सुरक्षा भत्ता

बृजमान तामाङ /बिरेन्द्र बजार १ मंसिर । स्थानीय तहमा जनप्रतिनिधी बिहिन हुँदा कर्मचारीले बाँड्दै आएको सामाजिक सुरक्षा भत्ता २० बर्षपछि स्थानिय जनप्रतिनीधिले वितरण गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष गोबिन्द सिंह थापा मगरले उक्त  वडाको टोलमा पुगेर शुक्रबार सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । रुपनी गाउँपालिकाले भत्ता वितरणमा ढिलाई गरेको गुनासो स्थानिय ज्येष्ठ नागरिकहरुले गरिरहँदा रुपनी गाउँपालिका वडा नम्वर–६ ले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

गत असोज २ गते सम्पन्न स्थानीय तहको चुनाबबाट स्थानीय तहमा प्रतिनिधी आएपछि   पहिलो पटक २० बर्षपछि जनप्रतिनीधिको हातबाट भत्ता बितरण शुरु भएको हो । जनप्रतिनिधी आएपछि भत्ता वितरण कार्य पृथक देखिएको छ ।

सर्वसाधारणको सुविधाको लागि टोल—टोलमा जनप्रतिनीधिहरु आफै गएर भत्ता वितरण गर्न शुरु गरेको छ । भत्ता वितरण गर्न वडा सचिव दिपराज आचार्य, खरिदार गिरधर मेहता, वडा सदस्यहरु समेत जनताको घरदैलोमा पुगेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।  सामामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिला सुस्तीबारे रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले केही प्राविधिक कारणवश ढिलो भएको भन्दै हाल सबैवडामा भत्ता वितरण शुरु गरेको बताए ।