• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजको मिनी मार्केट क्षेत्रमा संयुक्त सरसफाई

राजविराजको मिनी मार्केट क्षेत्रमा संयुक्त सरसफाई

राजविराज, २७ कार्तिक । राजविराज नगपालिका, सप्तरी युथ र वातावरण विभागद्वारा राजविराजमा सरसफाई कार्यक्रम आयोजना गरियो ।

वडा नम्वर–४ को मिनी मार्केट, जामा मस्जिद सडकको दक्षिण दायाँ–बाँया सडक हुँदै नेता चौकसम्मको नाला तथा सडकमा सरसफाई गरिएको हो । राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उप–प्रमुख साधना झा, प्रशासकीय अधिकृत उमेश यादव र वडा अध्यक्ष मो अख्तरले आफै कोदालो र कुचो लिएर नालाको फोहोर निकाल्ने कार्यमा अग्रसरता देखाएका छन् ।  

सप्तरी युथ नेपालका बिष्णु यादवले नालामा जमेको फोहोर, प्लाष्टिक सहित हिलोमा पसेर फोहोर निकाल्न सहयोग पुर्याएका छन् । नगरपालिकाको साबिक–३  (हाल वडा नम्वर ४ ) मा उनीहरुले नाला सरसफाई गरेका छन् । मिनी मार्केटको पुर्व, उत्तर र दक्षिण सडकको नालाहरु सरसफाई नभएको कारण नालाको पानी बाटोमै बग्ने गरेकोले सर्वसधारणलाई आगतजागत गर्न कठिनाई हुने गरेको स्थानियहरुको गुनासो गर्दै आएका थिए ।

सरसफाईमा अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सप्तरी युथ नेपाल, राजविराज नगरपालिकाका कर्मचारीहरु, वडा अध्यक्षहरु वडा सचिवहरु, सामाजिक परिचालकहरु तथा वडावासीहरुले समेत सहयोग पुर्याएका छन् ।