• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भाषा वैज्ञानिक डा. झाको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि सभा

भाषा वैज्ञानिक डा. झाको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि सभा

राजविराज, २५ कातिक । मैथिली भाषाका प्रख्यात भाषा वैज्ञानिक प्रा. डा. सुनिल कुमार झाको १३औं दिनको पुण्यतिथिमा शनिवार राजविराजमा श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।

मैथिली साहित्य परिषद् राजविराज र मिथिला साहित्य कला प्रतिष्ठानद्वारा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका वक्ताहरुले प्रा. डा. झाले भाषा विज्ञानको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको भन्दै मिथिलावासीले कुशल अभिभावक गुमाएको बताए । सादा जिवन उच्च विचारका धनी व्यक्तित्वको रुपमा चिनिएका झाको कृतित्व मिथिलावासीका बिच जिवन्त रहने बताए ।

परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित श्रद्धाञ्जलि सभामा परिषद्का पूर्व अध्यक्ष प्रा. जनआनन्द मिश्र, सल्लाहकार प्राध्यापक डा. पिताम्बरलाल यादव, मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डल, पंडित महेश्वर झा, परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झा, शुभचन्द्र झा, सल्लाहकार अधिवक्ता राजेन्द्र प्रसाद देव, प्रा. मिथिलेश कुमार यादव, प्रा. जयनारायण यादव, प्रा. राजिव झामैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, अवकाशप्राप्त शिक्षक मञ्जु श्रेष्ठसमेतका वक्ताहरुले डा. झाको व्यक्तित्वबारे चर्चा गरे । सोही कार्यक्रममा कवि सत्येन्द्रनाथ चौधरी, श्रीराम मण्डल, राय, कञ्चन झा, पिंकी झा, कमल मण्डल, हरेराम राय ‘राज’लगायतले रचना तथा गीत प्रस्तुत गरेको मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।

श्रद्धाञ्जली सभामा प्रा. डा. झाको व्यक्तित्व एवम् कृतित्वबारे परिषद्का पूर्व अध्यक्ष समेत रहि सकेका मिथिला साहित्य कला प्रतिष्ठानका अध्यक्ष देवेन्द्र मिश्रले विस्तृत चर्चा गरे भने प्रतिष्ठानका उपाध्यक्ष शम्भुश्री र सचिव विद्यानन्द वेदर्दीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरे ।

राजविराज नगरपालिका–१६ गोठम स्थायी घर भएका राजविराज वडा नम्बर २ (साबिक वडा नम्वर ९) निवासी डा. झाको गत कार्तिक १३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । लिभर सम्वन्धि रोगबाट पीड़ित रहँदैआएका  उनको केही महिना अघि अस्पतालमा पत्थरीको शल्यक्रिया गरिएको थियो । चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउँदै आईरहेको अवस्थामा कार्तिक १३ गते करिब साढ़े एगारह बजे जनकपुरमा निधन भएको थियो । डा. झाका एक छोरा र दुई छोरी रहेको छ । उनका धर्मपत्नीको केही वर्ष अघि निधन भएको थियो । उनका छोरा सिभिल इन्जिनियर राजेश झा (दिलिप) माल्दिभ्समा कार्यरत छन् । महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजमा अंग्रेजी विषयको अध्यापन शुरु गरेका उनी क्याम्पस प्रमुख भई अवकासप्राप्त गरेका थिए ।

डा. झा अंग्रेजी विषयमा एमए तथा भाषा विज्ञान अन्तर्गत ःMaithili : Some Aspects of Its Phonetics and Phonology विषयमा इंग्ल्याण्डबाट एम फिल र विद्यावारिधि गरेका थिए । उनीद्वारा अंग्रेजी भाषामा लेखिएको शोधग्रन्थ भारतको मोतीलाल बनारसीदास नामक प्रकाशन संस्थाबाट प्रकाशित छन् । अन्तर्राष्ट्रीय स्मारिकाहरुमा वहाँका अंग्रेजी र भाषा विज्ञान सम्वन्धि अनेकौ लेख, निबन्ध एवम् शोध प्रकाशित छन् । दुई पटक शिक्षा पुरस्कार प्राप्त गर्ने डा. झा विक्रम सम्वत २०७० मा नेपाल विद्यापति मैथिली पुस्कार कोषबाट अनुसन्धान पुरस्कार, विक्रम सम्वत २०७१ मा अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलनबाट मिथिला रत्नको उपाधि, विक्रम सम्वत २०७२ सालमा मैथिली साहित्य परिषद, राजविराजद्वारा शिवदत्त मिश्र स्मृति मैथिली पुरस्कार आदि सम्मानहरु प्राप्त गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयका काउन्सिल सदस्य, अंग्रेजी र मैथिली विषय समिति सदस्यको भूमिका निर्वाह गरेका डा. झा नेपालका प्रसिद्ध भाषा वैज्ञानिकक रूपमे चिनिन्थे । राजविराजको मैथिली साहित्य परिषदद्वारा प्रकाशित हुँदैआएको वाणी पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी निर्वहन गर्दैआएका उनी सगरमाथा साहित्य परिषद,राजविराजका संस्थापक अध्यक्ष तथा मैथिली साहित्य परिषदका संस्थापक कार्यकारिणी सदस्य ( वि.सं २०२६ साल) भएका थिए । स्पष्ट वक्ता, सूक्ष्म विश्लेषक किंवा समालोचक, अनुकरणीय उद्घोषक समेत थिए ।