• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

साइनबोर्ड उखेल्नेलाई कडा कार्वाही गर्न मेसुको माग

साइनबोर्ड उखेल्नेलाई कडा कार्वाही गर्न मेसुको माग

राजविराज, २५ कार्तिक । सप्तरीको राजविराज–छिन्नमस्ता सडकखण्डमा लगाएको दुर्घटनाग्रस्त क्षेत्रको साइन बोर्डहरु केही व्यक्तिहरुले उखेलेर फालेकोप्रति मधेशी ईन्जिनियर्स  स्टूडेन्ट यूनियन(मेसु)ले आपत्ति जनाउँदै कार्वाहीको माग गरेका छन् ।
युनियनका अध्यक्ष ई. संजिवनारायण यादवले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्न दोषीलाई कडा कार्वाहीको माग गरेका हुन् । छिन्नमस्ता सडकको अति दुर्घटनाग्रस्त क्षेत्रमा मधेशी ईन्जिनियर्स स्टूडेन्ट यूनियन (मेसु)ले लगाएका उक्त बोर्डहरु रातीको समयमा बिष्णुपुर गाउँका केही व्यक्तिहरुले उखेलेर फालेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।  समाजकालागि केही काम नगर्ने प्रवृतिका ब्यक्तिहरुले अरुले गरेको समाजिक कार्य पनि हेर्न नचाहने, घिनौनापूर्ण कार्य गरेको भन्दै मधेशी ईन्जिनियर्स स्टूडेन्ट यूनियनले घोर भत्र्सना गरेका छन् । उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय सप्तरी छानबिन गरी बोर्ड उखालेर फाल्ने व्यक्तिहरुलाई कडा कार्वाही गर्न अध्यक्ष यादवले जोडदार माग गरेका छन् ।