बृजमान तामाङ / बिरेन्द्र बजार २५ कार्तिक । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बिनोद चौधरीले देश विकास र समृद्धीकोलागि सदियौंदेखि कायम जातिय विभेद उन्मुलन हुनुपर्नेमा जोड दिएका छन ।
सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालद्धारा सप्तरीको तेरहौतामा शनिबार आयोजित संयुक्त सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कांगे्रस, एमाले, माओबादी केन्द्रको बाम गठबन्धनले विकास र समृद्धीको नाममा झुठा घोषणा–पत्र जारी गरेको आरोप लगाउँदै नेता चौधरीले देशमा ब्याप्त जातिय विभेद, लैङ्गिक बिभेद र धनी गरिबको बिच कायम असमानताको खाडल पुर्नुपर्ने आवश्यकता औंल्याए ।
राजपा र फोरम गठबन्धनबाट सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्यका उम्मेदवार चन्द्रकान्त चौधरीले बोली दबाउन गोली चलाउनेहरुलाई ब्यालेटबाट जवाफ दिनुपर्ने बताए । मधेशी, आदिबासी जनजाती, दलित लगायतका उत्पिडीत समुदायको अधिकार सुनिश्चितताको गठबन्धनको जित आबश्यक रहेको बताए । प्रदेश सभा १ का उम्मेदबार दिनेश यादवले चुनावलाई संघर्षको रुपमा लिएको बताए ।
उत्पीडित समुदायको अधिकार प्राप्त गर्न मधेशवादी उम्मेदवारलाई मतदान गनुपर्नेमा उनले जोड दिए । स्थानिय रामचन्द्र लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका जिल्ला सह सचिब बृजमान तामाङ, राजपा नेपालका जिल्ला सदस्य पृथ्बीराज दास, संयुक्त चुनाव प्रचार–प्रसार समिति रुपनी गाउँपालिकाका संयोजक बलराम यादव, ओमप्रकाश मेहता लगायतकाले सम्वोधन गरे ।