राजविराज, २३ कार्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग नगर्ने सामुहिक प्रतिबद्धता जनाईएको छ ।
स्पोन्सरसिप कार्यक्रम अन्र्तगत सेभ द चिल्डे«नको सहयोगमा सप्तरीको राजविराजमा आज सेभ द सप्तरीले आयोजना गरेको समन्वयात्मक बैठक एवम छलफलमा सहभागि राजविराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा राजविराज नगरपालिकाका उपमेयर साधना झा, राजविराज नगरपालिका वडा नं. ५का वडा अध्यक्ष समिर झा वडा नं. १४ वडा अध्यक्ष शोभालाल मण्डल, वडा नं. १५ का बडा अध्यक्ष राम प्रसाद यादव, सोही वडाका वडा सदस्य चन्द्रप्रकास यादव, वडा नम्वर १६ की महिला सदस्य चन्देश्वरी राम ,वडा नं. १५ का वडा सचिव प्रशुराम मण्डल र वडा नं. १ की दलित महिला सदस्य कबिता देवी राम लगायतका वडा संचिवले यस्तो प्रतिवद्धता जनाएका छन् । संस्थाका अध्यक्ष ध्रुव देवको अध्यक्षतामा आयोजना गरिएको थियो ।