वीरगञ्ज, २३ कार्तिक । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा वीरगञ्जमा लायन्स अन्तराष्ट्रीय शान्ति चित्रकला प्रतियोगिता आयोजना गरियो ।
भविष्यकोलागि शान्ति भन्ने मुल नाराका साथ दिल्ली पब्लिक स्कुल वीरगञ्जमा आयोजित प्रतियोगितामा स्कुलका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बंशीका जलान प्रथम, सुहानी श्रीवास्तव दोश्रो, तेहरीम ताबिज तेश्रो र रुद्रानी आनन्द चौथो भए ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि जीवन ज्योति उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल शिवजी गुप्ता, विशिष्ट अतिथि दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल डा. जि.एस. चौधरी, लायन्स क्लबकी एम्बेसेडर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, जोन चेयर पर्सन लायन रेखा वैद्य, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, विद्यालयका भाईस प्रिन्सिपल रन्जिव आनन्द, प्रतियोगिताका निर्णायक धनञ्जय मिश्र, समाजसेवी एवम् वातावरणविद् जसपाल सिंह, क्लबकी सदस्यहरु अर्चना वर्णवाल, सोनल चौधरी, अनामिका पुजारी, कुमकुम टिबडेवाल, सपना मित्तल चौधरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण क्लबकी सचिव लायन मौसम भंगरले गरे भने स्वागत मन्तब्य क्लबकी सदस्य लायन आश्मा सिंह यादवले व्यक्त गरिन् । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई निर्णायक र अतिथिहरुद्वारा पुरस्कार समेत वितरण गरियो ।