• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अनौठो बिमारी देखापरेपछि देवी प्रकट भएको आशंका

अनौठो बिमारी देखापरेपछि देवी प्रकट भएको आशंका

बृजमान तामाङ/बिरेन्द्र बजार २२ कार्तिक । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–६ स्थित मिलन चौकमा अनौठो रोग मानिसमा देखापरेपछि देबी प्रकट भएको आशंका स्थानीय बासीले गरेका छन ।
यूवा यूवतीहरुमा जिउ काम्ने, अचेत हुने, बोली बन्द भई मानसिक सन्तुलन बिग्रन थालेपछि दैबिशक्ति प्रकट भएको उनीहरुले आशंका गरेका हुन् । स्थानिय १७ बर्षिय ललिता तामाङ, १८ बर्षकी रबिना तामाङ, ३४ बर्षका गणेश गुर्मछान मगर, १७ बर्षका मन कुमार राई लगायतका व्यक्तिहरुमा रोगको लक्षण देखिएको स्थानिय लाल बहादुर तामाङले बताएका छन् ।
उनीहरुलाई पटक—पटक बिमारीले च्यापेपछि धामी–झाक्री लगाउँदा रोग ठिक भएपछि दैबिशक्तिका कारण बिरामी भएको बिश्वास स्थानीयले गरेका छन । गाउँ नजिकको बनमा रहेको पिपलको रुखमुनी बुधबार स्थानियबासीले देवीको थान स्थापना गरी पूजा–आजा गरेका छन् ।
गतबर्ष समेत रोगले धेरैलाई सताएपछि गाउँमा चन्दा संकलन गरी देबीको नाममा पाठी बली प्रदान गरेपछि रोग ठिक भएको स्थानीय बाबुराम थापाले बताए । गाउँका प्रायःजसो १४ देखि ३५ बर्ष उमेर समूहकाहरुलाई रोगको लक्षण देखापरेपछि रक्तमाला देबीको थान स्थापना गरी पूजाआजा थालेको रुपनी–६ मिलन चौकका बम बहादुर राउतले बताए ।