राजविराज, २२ कार्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनीधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा वाम गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ ।
बामगठबन्धनले बुधबार स्थानिय पत्रकार महासंघको सभाकक्षमा अगुवा कार्यकर्ताको भेला गरी प्रचार प्रसार तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यव्रmममा सहभागीलाई पूर्व मन्त्री एवम् प्रतिनीधि सभा क्षेत्र नम्वर–२ का उम्मेदवार उमेश यादव, प्रदेश सभा सदस्य २ को (ख) का उम्मेदवार महेश यादव, प्रचार प्रसार समितिका संयोजक सुखराम यादव, जिल्ला इन्चार्ज देवनाथ यादव लगायतकाले प्रशिक्षण दिएका छन् । केदार देवद्वारा सञ्चालित तथा भन्नालाल यादवद्वारा स्वागत गरी सुरु गरिएको प्रशिक्षणमा क्षेत्रका अगुवा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
उक्त अवसरमा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्मेदवार उमेश यादवले वाम गठबन्धनद्वारा जारी घोषणापत्र तथा आफ्नो कार्यकालमा भएका विकास निर्माण कार्यको फेहरिस्त लिएर नगर र गाउँ–गाउँमा पुग्न अगुवा कार्यकर्तासँग आग्रह गरे । उनले मधेशवादी दलमा देखिएको सामन्तवादी प्रवृत्तिलाई परास्त गर्न आसन्न निर्वाचन अवसर भएकाले यसको भरपुर सदुपयोग गर्न आग्रह पनि गरे । यसअघि वाम गठबन्धनले बुधबार विहानै राजविराजदेखि पकरीसम्म मोटरसाइकल ¥याली गरी घरदैलो र चुनावी सभा लगायतका कार्यव्रmम सम्पन्न गरेको प्रचार प्रसार समितिका संयोजक सुखराम यादवले बताए ।