• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘बस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति र चालकलाई कार्वाही गर’

‘बस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति र चालकलाई कार्वाही गर’

राजविराज, २१ कार्तिक । धादिङ्गको गजुरी गाउँपालिकाको घुम्ती मोड स्थित सडकखण्डको त्रिशुली नदिमा भएको बस दुर्घटनाको विषयमा प्रधानमन्त्रीलाई सप्तरीबाट ज्ञापन पत्र पठाईएको छ ।

      गत कार्तिक ११ गते भएको बस दुर्घटनाको विषयमा उद्योग वाणिज्य संघ, सगरमाथा यतायात बस व्यबसायी संघ, नेपाल पत्रकार महासंघ, नागरीक समाज, अन्तर पार्टी महिला सञ्जाल र पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी अधिकारीमार्फत ज्ञापनपत्र पठाएको हो । राजबिराजबाट ना ६(ख)१४६६ को रात्री बसबाट काठमाण्डौ, सप्तरी लगायत सिरहाका यात्रुहरु बसमा गईरहेको अवस्थामा उक्त बस हेटौडाबाट सोही कम्पनीको काठमाण्डौबाट राजबिराज आइरहेको ना ६(ख)१४६७ बस पुनः हेटौडाबाटै फर्काई गाडी नम्वर १४६६ को सम्पुर्ण यात्री उक्त बसमा चढाई काठमाण्डौ जाने क्रममा बस चालकले मादक पदार्थ समेत सेवन गरी अत्यधिक वेगमा खराब बाटोमा लापर्वाही साथ गाडी चलाएका कारण बस त्रिशुली नदीमा खसेको ज्ञापनपत्रमा उल्लेख छ ।

      उक्त घटनामा २० जनाको मृत्यु तथा १६ जना घाइते भएको घटनाले आफुहरु स्तब्ध एवम् मर्माहित भएको भन्दै ज्ञापनपत्रमा अगाडि भनिएको छ ‘दुर्घटना सम्बन्धमा र  दुर्घटना पश्चात नेपाल सरकार एंव सप्तरी जिल्लाका जिल्ला प्रशासन कार्यालय समेत निस्कृय रही दिवंगत पार्थिव शरिरहरुको उद्धार र सम्बन्धित ठाउँ एवम् परिवारमा पुया¥उने घाईते भएकालाई उपचार गर्ने तथा पीडित परिवारलाई उचित क्षतीपुर्ति समवेदना जस्ता क्रियाकलाप तर्फ निस्कृय रहेको हामी ज्ञापनकर्ता  लगायत सम्पुर्ण जनमानसभा अनुभव एंव बुझाईका कारण हामी धेरै मर्माहीत एंव दुःखी भएको महशुस गरि प्रस्तृत ज्ञापन पत्र साथ माग राखी उपस्थित भएका छांै ।

      देशमा सञ्चालित सवारी साधन एवम् सवारी चालक तथा यात्री क्षमता सवारी बमोजिम निर्धारण ऐन नियममा ब्यवस्थित साथै सो ऐन नियम बमोजिम पालना भए नभए पालना गराउन नेपाल सरकारबाट ट्राफिक प्रहरी सञ्चालन भए पनि दुर्घटना भएको ना६(ख)१४६७ बस राजविराजदेखि दुर्घटना स्थल समय कही कतै पनि जाँचबुझ नगरिएको स्वयम स्पष्ट भएको ज्ञापनपत्रमा उल्लेख छ । सञ्चार माध्यम एवम् प्रत्यक्षदर्शी र दिवङ्गत एवम् घाइतेहरुको संख्या तोकिएको भन्दा बढी सवार रहेको र बस चालकले मादक पदार्थ रक्सी सेवन गरी अत्यधिक वेगमा बस चलाएको पुष्टि भएबाट सरकारको संयन्त्रको हेलचक्राई रहेको सर्वविदित रहेकोले त्यसतर्फ सरकारको संयन्त्रलाई ऐन नियम बमोजिम कार्यान्वयन गर्न जोडदार माग गरिएको छ ।

      दुर्घटना भएको सडक खण्ड क्षेत्रमा सरकारलाई पुर्णरुपेण अवगत रहेको भए पनि उक्त  ठाउँमा सुरक्षा लगायत ट्राफिक व्यवस्था नभएको र सडक मर्मत सम्भारतर्फ समेत निस्कृय देखिए वापत सो निर्माण तथा सुरक्षा एंव ट्राफिक अविलम्ब व्यवस्थापन गर्न माग गरिएको छ । दुर्घटना पश्चात दुर्घटनामा परी दिवंगत भएका पार्थिव शरिरलाई हालसम्म सरकारबाट तथा सम्वन्धित स्थानीय प्रशासन तर्फबाट आदर सहित सम्बन्धित पीडित परिवार एवम् स्थानमा पु¥याउने व्यवस्था नगरी निस्क्रृय रही उपेक्षा गरेको महशुस गरेको कार्य अविलम्ब गर्न आग्रह गरिएको छ ।

      घाइतेहरुलाई सवारी व्यवस्थापक (धनी) वा सरकारबाट उचित खर्च उपलब्ध रेखदेख एवम् क्षतीपुर्ति उपलब्ध गरि गराई दिन आग्रह गर्दै दुर्घटनामा परि दिवङ्गगत परिवार हकदारले ऐन कानून बमोजिम सवारी धनी ब्यबस्थापक एंव इस्सुरेन्स कम्पनीबाट पाउने किरिया खर्च लगायत क्षतिपुर्ति उपलब्ध गराउनुका साथै सरकारको तर्फबाट प्रति ब्यक्ति १० लाख रुपैयाँका दरले क्षतिपुर्ति उपलब्ध गराउन अनुरोध गरिएको छ । पीडित परिवारप्रति सरकारको तर्फबाट कुनै किसिमको समवेदना प्रकट नभएकोले पीडित परिवार  देशवासी नरहेको महशुस गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

      दुर्घटनामा परि दिवङ्गत भएका ब्यक्तिहरुको नाम ठेगाना उल्लेख गरि दुर्घटना स्थलमा शिलालेख समेत राख्न आग्रह गरिएको छ । लापर्वाहीपूर्वक बस चलाउने बस चालकलाई पक्राउ गरि कानून बमोजिम कार्वाही गर्न र हेटौडादेखि दुर्घटना स्थलसम्मका सुरक्षाकर्मी ट्राफिक प्रहरीले जाँचबुझ नगरी लापर्वाही गरेको भन्दै अनुसन्धान गरि कारवाहीकोलागि जोडदार माग गरिएको छ ।