• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फोरमको चुनाव परिचालन समितिहरु गठन    

बिरेन्द्र बजार, २१ कार्तिक । सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीद्वारा मङ्गलबार क्षेत्रिय स्तरीय चुनाव परिचालन समिति गठन गरेको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा प्रचार–प्रसार अभियानलाई तिब्रता दिँदै फोरम नेपालले सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा चुनाव परिचालन समिती गठन गरेको हो । सप्तरी प्रतिनिधी सभा क्षेत्र नम्बर– ४ को बिसनपुरमा सम्पन्न भेलाले प्रदेश सभा (क) का लागी जिल्ला सदस्य खडकनाथ चौधरीको संयोजकत्वमा ३५ सदस्य र (ख) का लागि जिल्ला सदस्य सुरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा ६५ सदस्य चुनाव परिचालन समिति गठन गरेको छ ।  भेलाले केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेश समितिका संयोजक रेणु यादवको नेतृत्वमा (ख) प्रदेश सभाकालागि र नेता महेन्द्र प्रसाद चौधरीको नेतृत्वमा(क) का लागि सल्लाहकार तथा अनुगमन समिती गठन गरेको जिल्ला सह सचिब बृजमान तामाङले जनाएका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ को पातोमा सम्पन्न भेलाले महेन्द्र कुमार चौधरीको संयोजत्वमा ११ सदस्य प्रतिनीधि सभा क्षेत्र स्तरीय, जिल्ला सदस्य अरुण कुमार चौधरीको संयोजकत्वमा ११ सदस्य प्रदेश सभा (क) र पूर्व जिल्ला सदस्य शिवशंकर यादवको संयोजकत्वमा ११ सदस्य चुनाब परिचालन समिति गठन गरेको छ ।  भेलाबाट क्षेत्र अन्तर्गतका केन्द्रीय तथा प्रदेश सदस्य रहेको सल्लाहकार एवम् अनुगमन समिति गठन गरेको उपाध्यक्ष कन्तलाल चौधरीले जानकारी दिएका छन् । यसैगरी क्षेत्र नम्बर १ को कंचनपुरमा सम्पन्न भेलाले जिल्ला सदस्य रामेश्वर यादबको संयोजकत्वमा १८ सदस्य प्रतिनिधी सभा स्तरीय चुनाव परिचालन समिती गठन गरेको छ ।

भेलाबाट केन्द्रीय सदस्य सुर्यनाथ यादवको नेतृत्वमा ८ सदस्य सल्लाहकार तथा अनुगमन समिति गठन गरेको जिल्ला उपाध्यक्ष प्रभानन्द मण्डलले जानकारी दिएका छन् । क्षेत्र नम्बर २ को राजविराजमा सम्पन्न भेलाले प्रतिनीधि सभा स्तरीय चुनाव परिचालन समिति तथा अनुगमन समिति गठन गरेको जिल्ला अध्यक्ष दिनेश कुमार यादवले बताएका छन् ।  भेलामा सम्बन्धित क्षेत्र अन्र्तगतका केन्द्रीय, प्रदेश, जिल्ला, पुर्ब जिल्ला नेता, नगर तथा गाउँपालिकाका मेयर, उप–मेयर, सङ्घीय प्रेस फोरम नेपाल लगायतका विभिन्न जनबर्गीय संगठनहरुको प्रतिनीधि सहितका पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको फोरम नेपाल सप्तरीले जनाएको छ ।