सखडा, २१ कार्तिक । सप्तरीको छिन्नमस्ता शक्तिपीठका पुजारी राधाकान्त ठाकुरको घरमा सोमवार राती आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
राती साढे आठ बजेको समयमा खाना पकाउने क्रममा ग्यास चुल्होबाट आगलागी भएको हो । आगलागीबाट दुई ओटा घर र त्यसमा रहेको सर–सामान समेत जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय सखडा, सशस्त्र प्रहरी बेस क्याम्प गोबिन्दपुरका सुरक्षाकर्मी र राजविराजबाट पुगेको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।