राजविराज, १७ कार्तिक । मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले सप्तरी तातिएको छ । सप्तरीमा दलका राष्ट्रिय अध्यक्षदेखि नयाँ अनुहारहरु चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
प्रतिनिधि सभा सदस्य ४ र प्रदेश सभा सदस्य ८ गरी १२ जना सदस्यका लागि सप्तरीमा जम्मा १ सय ६८ जनाको मनोनयन दर्ता भएको छ । चारवटा प्रतिनिधि सभा रहेको सप्तरीमा विभिन्न पार्टी र स्वतन्त्र समेतबाट गरी ५९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ८ वटा प्रदेश सभा रहेको सप्तरीमा १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तृत नामावली यस प्रकार छन्ः












कुल ४ सय ७८ मतदान केन्द्र रहेको सप्तरीमा ३ लाख ४६ हजार २ सय ८६ मतदाता छन् ।
श्रोतः जिल्ला निर्वाचन कार्यालय, सप्तरी