• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मेरो जीवनको सुरुवात नै सप्तरी: अध्यक्ष उपेन्द्र

मेरो जीवनको सुरुवात नै सप्तरी: अध्यक्ष उपेन्द्र

राजविराज, १६ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

राजविराजको गीता पेट्रोल पम्पबाट नेता/कार्यकर्ता लिएर राजविराजस्थित औद्योगिक क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर नेता यादवले मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । ठुलो संख्यामा फोरम र राजपाका कार्यकर्ताहरु अध्यक्ष यादवसँगै हिडेरै औद्योगिक क्षेत्र पुगेका थिए । अध्यक्ष यादवलाई ठाउँ–ठाउँमा रोकेर सर्वसाधारणले फुलमाला लगाएर स्वागत गरेका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले भने ‘मेरो लागि सप्तरी नयाँ ठाउँ होइन । मेरो जीवनको सुरुवातनै सप्तरीबाट भएको हो । यही जन्मेको, यही हुर्केको ठाउँ हो, मेरो लागि परायको ठाउँ होइन ।’ अध्यक्ष यादवले सप्तरीको र यहाँका जनताको लागि, मुलुकको लागि र मधेशका लागि केही गर्न तथा जनताको अधिकार प्राप्तीको संघर्षलाई अगाडि बढाउन विभेद र असमानताका विरुद्ध समग्र मधेश र देशको विकास तथा समृद्धिका लागि मैले उम्मेदवारी दिएको बताए ।

अध्यक्ष यादवले खासगरी सप्तरी जिल्ला विकास निर्माणमा अत्यन्तै पछाडि परेको तथा राज्यबाट सधै उपेक्षित र विभेदमा पारिएको भन्दै यसलाई तोड्न र यस क्षेत्रको विकासलाई समृद्धि तर्फ अगाडि बढाउँदै विभेद र उपेक्षालाई अन्त्य गर्न म सप्तरी आएको बताए । स्वायत मधेश प्रदेश स्थापनाको अभियान प्रादेशिक स्वायतता र राष्ट्रिय पहिचानको मान्यता दिलाउन तथा वर्षौदेखि विभेदमा पारिएका मधेशी, आदिवासी, थारु, मुस्लिम, दलित लगायत सिमांकृत समुदायको न्याय र सम्मान अधिकार प्राप्तीको लागि आफु बाँचुञ्जेल संघर्ष गरिरहने यादवले बताएका छन् । वहाँले संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन जेगरेर भएपनि जनताालाई अधिकार सम्पन्न बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्दै संघर्ष जारी रहने प्रतिक्रिया दिए ।

काँग्रेससित गठबन्धनबारे कुराकानी भइरहेको तर कुरामा मात्रै सिमित भएको जिकिर गर्दै अध्यक्ष यादवले राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन व्यक्तिगत नभई संस्थागत हो । यो गठबन्धनले प्रदेश र केन्द्रमा प्रभावकारी भूमिका खेल्ने बताउँदै एक–दुई जना पार्टीबाट विच्चलित हुँदैमा गठबन्धनलाई कुनै खासै प्रभाव नपर्ने बताए । राजनीतिकमा कहिलेकाही यस्ता असन्तुष्टिहरु देखा पर्ने गरेको र त्यसलाई मिलाएर जाने यादवले बताए ।