• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजपा परित्याग गरि माओवादी केन्द्रमा

राजविराज, १५ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा सप्तरीमा पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ ।
सोही क्रममा बुधबार राजपा परित्याग गरी २ जना स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा शशी यादव र इन्जिनियर सरोजकुमार मण्डल छन् ।
नव प्रवेशी दुवै जना प्रदेश सभा सदस्य पदका लागि माओवादी केन्द्रको कोटावाट टिकट पाउने लगभग निश्चित रहेको पार्टीले जनाएको छ । नव प्रवेशीहरुलाई निवर्तमान सांसदद्वय अशोक कुमार मण्डल (अमर) र मानपुर चौधरी, केन्द्रिय सदस्य महेश यादव लगायतले फुलमाला लगाई स्वागत गरेका थिए ।