• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनआन्दोलनको उपलब्धी संस्थागत गर्न प्रदेश नंं. २ मा बहुमत जरुरी छः यादव

राजविराज, १५ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि पनि प्रदेश नं. २ मा पार्टीलाई अत्याधिक सिटमा विजयी गराउनु जरुरी रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा बुधवार दिउँसो पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता यादवले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुले देखेको सपनालाई साकार बनाउन पार्टीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बहुमतका साथ विजयी हुनु जरुरी रहेको बताएका हुन् ।  सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेका नेता यादवले जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न मधेशी जनताको एक मात्र विकल्प फोरम नेपाल पार्टी रहेको दावी गरेका छन् ।  पार्टीका उपाध्यक्ष रेणु यादवले नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) को तालमेलबाट बनेको वाम गठबन्धनले देशलाई कब्जामा लिई सत्ता स्वार्थ तथा शासन गर्ने शोचका साथ अगाढी बढिरहेको आरोप लगाईन् । उनले जनताको हित तथा हक अधिकारीका लागि सोच्ने आफ्नो पार्टी रहेको बताईन् ।

जिल्ला दिनेश यादवको अध्यक्षमा आयोजित राजनितिक समिती सदस्य एवम् केन्द्रिय शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्यद्वय तथा जिल्ला ईन्चार्ज अनिरुद्ध प्रसाद सिंह यादव र विनोद चौधरी लगायतका नेताहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।  पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक नेपालका सप्तरी जिल्ला अध्यक्ष शैलेश चौधरीसहित एक सय जना नेता÷कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।