• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै आमरण अनसन स्थगित

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै आमरण अनसन स्थगित

राजविराज । पार्टीले टिकट वितरणमा काखापखा गर्न लागेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का क्षेत्रीय सभापति लक्ष्मण यादवले राजविराजमा थालेको आमरण अनसन मंगलवार स्थगित गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालको सप्तरी क्षेत्र नं. २ का सभापति रहेका यादवले प्रदेशसभा निर्वाचनमा क्षेत्र नं. २ को ‘ख’ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै आमरण अनसन स्थगित गरेका हुन् । राजपाका सह महामन्त्री जयप्रकास ठाकुरले अनसन स्थलमा पुगेर नेता यादवलाई जुस खुवाएर अनसन स्थगित गराएका हुन् । अनसन तोडदै नेता यादवले जनआन्दोलन र मधेश आन्दोलनमा अगुवाई गरेकाहरुलाई पार्टीले पाखा लगाई ब्यक्तिवाद र पहुँचवालाका आधारमा टिकट वितरण गरिरहेकोले आफुले पार्टी परित्याग गर्नु परेको बताए ।

आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जनआन्दोलन र मधेश आन्दोलनमा सकृय अगुवाई गरेकाहरुलाई टिकट दिनुपर्ने प्रमुख माग राख्दै नेता यादवले राजविराज स्थित गजेन्द्र चौक हाताभित्र गत शनिवारदेखि आमरण अनसन थालेका थिए ।