• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

राजविराज, १४ कार्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ रुपनी बजारमा सोमबार साँझ मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य एक गम्भिर र एक समान्य घाईते भएका छन् ।

     पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा राजविराज नगरपालिका वडा नम्वर ८ बस्ने ईन्जिनियर सुर्यनारायण यादवको २१ वर्षिय छोरा धिरज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका यादवको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताए ।

दुर्घटनामा गम्भिर भएका राजविराज–८ कै २२ वर्षिय आशितोष साह र समान्य घाईते भएका २० वर्षिय अजय परियारको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।