राजविराज, १३ कात्तिक । मैथिली साहित्य परिषद राजविराजले मनाउँदैआएको विद्यापति स्मृति पर्व २०७४ का सम्पूर्ण निर्धारित कार्यक्रम स्थगन भएको छ ।
विशेष परिस्थितिका कारण परिषदले आफ्ना सम्पूर्ण कार्यक्रमहरु तत्कालकालागि स्थगन गरिएको हो । गत कात्तिक ११ गते धादिङ्ग जिल्ला स्थित त्रिशुली नदीमा सन्देश डिलक्स बस दुर्घटनामा सप्तरीका २७ जनाको मृत्यु भएको घटनाले सप्तरी जिल्लावासी शोकमग्न रहेको अवस्थामा सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको परिषदका अध्यक्ष अशोक कुमार झा र सचिव श्यामसुन्दर यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
परिषदको मूल कार्यक्रमका दिन कार्तिक १६ गते भने साँझ ५ बजे स्थानिय शहिद दशन चौकमा मैनवती प्रज्वलन गरिने जनाईएको छ । बस दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामनासहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।