• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पूर्व क्याम्पस प्रमुख डा‍. झाको ८० वर्षको उमेरमा निधन

पूर्व क्याम्पस प्रमुख डा‍. झाको ८० वर्षको उमेरमा निधन

राजविराज, १३ कार्तिक । महेन्द्र विन्देशरी बहुमुखी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख डा. सुनिल कुमार झाको सोमवार निधन भएको छ ।

राजविराज नगरपालिका वडा नम्वर २ निवासी डा. झाको ८० वर्षको उमेरमा छोरी ज्वाई जनकपुरमा रहेको वेला निधन भएको परिवारजनले जानकारी दिएका छन् ।  लामो समयदेखि शिक्षण पेशमा कार्यरत रहेका डा. झाको एक छोरा र एक छोरी रहेका छन् ।