बृजमान तामाङ/बिरेन्द्र बजार, १३ कार्तिक । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सुर्यनाथ यादवले मधेशी जनताको अधिकार सुनिश्चितताको लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग चुनावी तालमेल गरेको बताएका छन ।
फोरम नेपाल सप्तरीले कञ्चनरुपमा सोमबार आयोजना गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन तयारीको लागी क्षेत्र नम्बर १ को भेलालाई संबोधन गर्दै यादवले मधेशी, आदिबासी जनजाती, दलित लगायतका उत्पिडीत समुदायको पहिचान र अधिकारका लागि चुनावी तालमेल गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता यादवले नेपाली काँग्रेस, नेकपा एमाले र मओवादी (केन्द्र) ले मधेशी, आदिबासी जनजाती, दलित लगायतका उत्पीडित समुदायको पहिचान र अधिकार समाप्त पार्न वाम गठबन्धन बनाएको आरोप समेत लगाए । उनले अधिकार सुनिशिचतताका लागी आसन्न प्रतिनिधी र प्रदेश सभाको चुनावलाई उपयोग गरी गठबन्धनले उठाएका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर उपाध्यक्ष तिर्थमाया मण्डल, जिल्ला समिती सदस्य रामेश्वर यादव, नेता बिरेन्द्र माझी, पुर्व जिल्ला समिती सदस्य राम देब यादब, पुर्ब क्षेत्रिय अध्यक्ष परशुराम यादबले मनतब्य व्यक्त गरे । भेलामा अर्जुन यादब, राम कुमार यादब, राजेन्द्र प्रसाद यादब, धर्मलाल यादब, बलदेब सरदार, मनोज कुमार यादब, बलराम साह, दामोदर खड्का र रामदेब राम लगायतकाले आ—आफ्नो सुझाब समेत राखेका थिए । जिल्ला सह—सचिब बृजमान तामाङद्वारा सञ्चालित कार्यक्रममा स्वागत जिल्ला सदस्य राजेन्द्र रामले गरेका थिए भने भेलाको उदेश्य बारे सचिब केदार प्रसाद यादबले प्रकाश पारे ।
भेलामा सप्तरी प्रतिनिधी सभा निर्बाचन क्षेत्र नम्बर १ अन्र्तगत अग्नीसाईर कृष्णा सवरण, तिरुहुत गाउपालिका, हनुमाननगर कंकालिनी, कंचनरुप, सप्तकोशी नगरपालिकाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।