• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपाका नेता यादवको आमरण अनसन तेश्रो दिन पनि जारी

राजपाका नेता यादवको आमरण अनसन तेश्रो दिन पनि जारी

राजविराज, १३ कात्तिक । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले टिकट वितरणमा काखापखा गर्न लागेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का क्षेत्रीय सभापति लक्ष्मण यादवले राजविराजमा आमरण अनसन थालेको तेश्रो दिन सोमवार पनि जारी छ ।

राष्ट्रिय जनता पार्टी नेपालको सप्तरी क्षेत्र नं. २ का सभापति रहेका यादवले ब्यक्तिवादका आधारमा नतावाद र पहुँचबालालाई पार्टीले टिकट वितरण गर्न खोजेको आरोप लगाउदै गत शनिवारदेखि आमरण अनसन थालेका हुन् ।  विगतको विभिन्न मधेश आन्दोलनमा क्षेत्रीय आन्दोलन परिचालन समितिका संयोजक समेत रहिसकेका यादवले जनआन्दोलन र मधेश आन्दोलनमा अगुवाई गरेकाहरुलाई पाखा लगाई पार्टीले ब्यक्तिवाद र पहुँचवालाका आधारमा टिकट वितरण गर्न खोजेकाले विरोध स्वरुप ७ वुँदे माग अघि सार्दै आमरण अनसन थालेको वताए ।

राजविराज स्थित गजेन्द्र चौक हाताभित्र थालिएको आमरण अनसन मार्फत संयोजक यादवले २०७० सालको संविधान सभा चुनावमा टिकन नदिई धोखा गरेको, जनआन्दोलन र मधेश आन्दोलनमा अगुवाइ गरेको तर पनि पार्टीद्वारा मुल्याङ्कन नगरेको, २०७२ सालको मधेश आन्दोलनमा क्षेत्रीय आन्दोलन परिचालन समितिको क्षेत्रीय संयोजक एवं आन्दोलनको मञ्च व्यवस्था संयोजक भई निष्ठापूर्वक जिम्मेवारी बहन गरेको, २०४८ सालदेखि सदभावना पार्टीमा सक्रिय रही कामकाज गर्नुका साथै २०६१ सालदेखि हालसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी बहन गर्दै जनताको सुख, दुःखमा हरपल साथ दिँदै आएको भएपनि पार्टीले मुल्याङ्क नगरेको आरोप लगाएका छन् ।

यस्तै, २०७४ सालको स्थानीय निकायको निर्वाचनमा जनताको समर्थन पाए पनि जनाधारलाई अवहेलना गर्दै टिकटमा चलखेल गरी आफूलाई आउँदो प्रदेश सभाको निर्वाचनमा टिकटको आसवासन समेत दिएको, २०७४ मंसिर २१ मा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा फेरि पनि पार्टीद्वारा हुन गइरहेको टिकट वितरणको चलखेललाई अविलम्ब रोकि टिकट वितरणमा कुनै पनि भेदभाव नगर जनताको भावना अनुसार समर्पित कार्यकर्तालाई मुल्याङ्कन गरि टिकट वितरण गर्न विशेष पहल होस्, आन्दोलनको क्रममा पटक–पटक जेल नेल समेत गएको तथा विगतको आन्दोलनको क्रममा शारीरिक यातना पाई मलेठको घटनामा सक्त घाइते भई धरानको घोपा अस्पतालमा उपचार भएको यादवले अघि सारेको आमरण अनसनका कारणमा उल्लेख छ ।

 सप्तरीमा राजपाका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनौट गर्न पार्टी नेतृत्वलाई सकस भएको छ । राजपाका केन्द्रिय विद्यार्थी नेता किशोरकुमार यादव ‘केशी’ ले पार्टी भित्र आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न सकस भएको भन्दै पुराना र निष्ठावान कार्यकर्ताले आफ्ना माग उठाउनु स्वाभाविक रहेको बताए ।