राजविराज, १२ कार्तिक । धादिङ्गको त्रिशुलीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तीको कामना गर्दै मधेशी इन्जिनियर्स स्टुडेन्ट यूनियन (मेसु)सहित विभिन्न संघ–संस्थाद्वारा आइतवार साँझ राजबिराजमा मैनबत्ती प्रज्जवलन गरिएको छ ।
श्रद्धाञ्जली कार्यक्रम मधेशी इन्जिनियर्स स्टुडेन्ट यूनियन (मेसु) तथा एमपिएल किर्केट बोर्डको आयोजनामा सप्तरी युथ नेपाल, ड्रिम नेपाल युवा संघ सप्तरी र सनराइज नेपालको सहयोगमा आयोजना गरिएको हो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, प्रहरी उपरीक्षक मुकेश कुमार सिंह नगर प्रमुख शम्भु यादव, उप–मेयर साधना झा, तिलाठी–कोइलाडीका गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, नागरिक समाजका थानसिंह भन्साली, युवा नेता किशोर कुमार यादव, मधेशी इन्जिनियर्स स्टुडेन्ट यूनियन(मेसु)का अध्यक्ष ई. संजिव नारायण यादव, सप्तरी युथ नेपालका अध्यक्ष श्रवण देव, एमपिएल किर्केट बोर्डको सचिव ई.अमित पाठक, कोषाध्यक्ष ई.भूपेन्द्र कुमार मिश्रा, मेसुको उपाध्यक्ष ई.ओम नारायण यादव, समाजसेवी प्रमोद यादव, दिलीप मण्डलसमेतको उपस्थिति थियो ।