• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो (मृतकको सूची हेर्नुहोस्)

सप्तरीबाट २३ को सनाखत, सप्तरी शोकमग्न
बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो (मृतकको सूची हेर्नुहोस्)

सप्तरी, ११ कार्तिक । धादिङ स्थित शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा सप्तरी जिल्लाका २३ जनाको मृत्यु भएपछि सिङ्गो जिल्ला नै शोकमा डुबेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर– १ तिलाठीका पंडित रमानाथ झाको एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उनका दुई छोराहरु ३८ वर्षिय संजित कुमार झा, ३३ वर्षिय अंजित कुमार झा, बुहारी ३५ वर्षिया सिम्मी कुमारी झा, दुई नातीहरु ९ वर्षिय अभिनवको शव फेला परिसकेको छ भने ३ वर्षिय प्रतिकको शव हालसम्म फेला परेको छैन । यस्तै उनीसँगै काठमाण्डौ हिडेका राजविराज नगरपालिका वडा नम्वर–१६ का १८ वर्षिय सालो आदित्य झा र काकी सासु ७४ वर्षिया चन्द्रवती देवी झाको समेत सनाखत भईसकेको छ भने २० वर्षिया साली पूजा झा अझैं वेपत्ता छिन् ।
यस्तै सप्तरी जिल्लाको राजविराज नगरपालिका–१५ का सह–चालक १८ वर्षिय नरेश मुखिया, बोदेवर्साइन नगरपालिका– २ का समिक्षा कुमारी यादव, वडा नम्वर–३ का १५ वर्षिय चन्दरेखा प्रमाणी, एक वर्षिय मानी यादव, पशुपति चौधरी, राजविराज नगरपालिका–१३ का ३० वर्षिय ऋषि आनन्द देव, वडा नम्वर–१४ का २० वर्षिय आदित्य झा, शम्भुनाथ नगरपालिका–३ नरहैयाका २५ वर्षिय पार्वती चौधरी, ५ वर्षिय सुदिप चौधरी बोदेवर्साइन नगरपालिका–२ का २५ वर्षिया आशिकी कुमारी यादव, ६ वर्षिय आदित्य यादव, नरहैयाकै ३ बर्षिय सुशान्त चौधरी, २४ वर्षिय रामानन्द यादवको सनाखत भईसकेको छ । यसैगरी महदेवा गाउँपालिका–९ का २७ वर्षिय प्रमोद ईशर, कृष्णा शोभरण गाउँपालिका–४ का २९ वर्षिय सुधीर कुमार यादव र ५ वर्षिया समिक्षा यादवको सनाखत भईसकेको छ ।
यसैगरी भारत बिहारको मधुवनी घर भएका १२ वर्षिय मनिष ठाकुर, २९ वर्षिया ममता ममता देवी ठाकुर, सिराहाको गोलबजार नगरपालिका–८ का ५० वर्षिय राजकपूर यादव, सोही जिल्लाको नरहा गाउँपालिका–१० का ३० वर्षिय उदय मण्डल, लहान नग।रपालिका–६ का ३७ वर्षिया प्रभा चौधरीको मृत्यु भएको छ ।
काठमाण्डौकालागि राजविराजबाट शुक्रवार साँझ ६.२० बजे ना ६ ख १४६६ नम्वरको सन्देश डिलक्स बस खुलेको थियो । पत्ती टुटेपछि हेटौडामा सोही कम्पनीको अर्को ना ६ ख १४६७ नम्वरको बसमा यात्रुहरु सारिएको थियो । यात्रु बोकेर गईरहेको उक्त बस त्रिशुली नदीमा खसेको थियो ।
राजविराजबाट १२ जना फोल्डिङ्ग र ३ जना क्याबिन समेत गरी १५ जना यात्रु चलान लिएर हिंडेको थियो । बसमा कुल सिट संख्या ३३ मात्र रहेको थियो ।
सप्तरी शोकमग्न

राजविराजबाट काठमाण्डौकोलागि प्रस्थान गरेको बस दुर्घटनामा सप्तरीबाट २३ जनाको मृत्यु भएको घटनाको खबरले सप्तरी शोकमा डुबेको छ । बस दुर्घटनाको खबर विहानै आएपछि जिल्लामा आफन्तजनको अवस्थाबारे खोजी गरिएको थियो । केही समय पछि मृतकहरुको सनाखत हुन थालेपछि सप्तरीकै अधिकांश रहेको खबरले सिङ्गो जिल्लावासी नै शोकमग्न भएको छ ।
राजविराज नगरपालिकाको कामकाज बन्दः
यसैगरी बस दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शोकमा राजविराज नगरपालिका कार्यालयको कामकाज आइतवार ठप्प रहने भएको छ ।
नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले शनिवारै एक प्रेस विज्ञप्तिमा जारी गर्दै घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् । आइतवार एक दिनकालागि कामकाज ठप्प गरी शोक मनाउने निर्णय गरिएको जनाएका छन् ।