• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छठ मनाउने क्रममा सप्तरीमा एक युवकको मृत्यु

सप्तरी, १० कात्तिक । सप्तरीको रुपनी गाउँपालिकामा छठ मनाउने क्रममा एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

छठ पर्व मनाउने क्रममा बुधवार राति पोखरीको बिच भागमा झण्डा गाडेर फर्किने क्रममा वडा नम्वर ३ कटैया निवासी १९ वर्षिय भुपेन्द्र साहको डुवेर मृत्यु भएको हो । पानीले भरिएको पोखरीमा झण्डा गाडेर फर्किने क्रममा थाकेर पौडिन नसकी डुबेका साहलाई तत्काल उद्धार गरी उपचारकालागि सदरमुकाम राजविराज लगिने क्रममा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

मृतक साहको शवलाई पोष्टमार्टमकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याईएको छ । काठमाण्डौमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत साह केही दिनअघि मात्र छठ मनाउन घर आएका थिए ।  गाउँकै युवा साहको मृत्यु भएपछि स्थानीयवासिन्दाले विहानको अर्घ नदिई सिङ्गो कटैया गाउँ शोकमा डुबेको छ ।