• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अधिकारकर्मी पोखरेलललाई पुनः लैङ्गिक हिंसा नियन्त्रणको जिम्मेवारी

अधिकारकर्मी पोखरेलललाई पुनः लैङ्गिक हिंसा नियन्त्रणको जिम्मेवारी

राजविराज, ८ कात्तिक । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा सञ्चारकर्मी एवं अधिकारकर्मी मनोहरकुमार पोखरेल पुनः निर्वाचित भएका छन् ।

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समितिको बुधबार सम्पन्न वैठकले अध्यक्षमा पोखरेलको कार्यकाललाई पुनः दुई वर्षकालागि निरन्तरता दिने निर्णय गरिएको हो । समितिको उपाध्यक्षमा महिला सुरक्षा दवाव समूहकी सचिव ललिता कर्ण र कोषाध्यक्षमा एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा रहेकी छिन् । समितिमा जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख एवं प्रहरी निरीक्षक सुजाता तुम्वाहाम्फे पदेन सदस्य सचिव रहने व्यवस्था छ ।

नवगठित कार्यकारिणी समितिको सदस्यहरुमा जिल्ला सेवा केन्द्रकी प्रमुख विष्णु कोइराला, जिल्ला वार एशोसिएसनकी मिना देव, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, हुपेककी उपाध्यक्ष उमा पोखरेल, सहयोगी समाजका परियोजना प्रमुख देवनारायण चौधरी, नारी उत्थान तथा समाज सेवा केन्द्रकी बबिता देव, एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का फोकल पर्सन मनिषा सिम्खडा, महिला सचेतना समाजकी सुनिता साह, पारालिगल समितिकी अध्यक्ष ज्ञानु भट्टराई, जिल्ला बाल सञ्जालका अध्यक्ष अमर यादव सर्वसम्मतीले चयन भएका छन् ।

समितिले जिल्लामा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाहरुको कारण पहिचान गरी हिंसा प्रभावितलाई न्याय प्राप्तिका लागि सुरक्षाको अनुभूति, सल्लाह, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गर्ने र पीडितलाई सेवा प्रदान गर्ने कार्य गरिरहेको छ । उपरोक्त सम्बन्धमा सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय र सहकार्य गरी लैङ्गिक हिंसा पीडितहरुलाई सहयोग र न्यायमा पहुँच पु¥याउने समन्वय समितिका संयोजक प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

समन्वय समितिका संयोजक प्रहरी उपरिक्षक मुकेशकुमार सिंहको अध्यक्षतामा सम्पन्न बैठकले विगतको कामको समिक्षा गर्नुका साथै बजेट र कार्ययोजनाका बारेमा छलफल गरेको छ । समन्वय समितिको वैठकमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, नागरिक समाज, सप्तरी जिल्ला बार एशोसिएसन, जिल्ला बाल कल्याण समिति, कानुनी सहायता समितिका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।