• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश नम्बर २ को समृद्धिकोलागि महाअभियान शुभारम्भ

प्रदेश नम्बर २ को समृद्धिकोलागि महाअभियान शुभारम्भ

धनुषा, ७ कार्तिक । देश संघीयतामा प्रवेश गरि सकेको सन्दर्भमा प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिकोलागि महाअभियानको शुभारम्भ भएको छ ।
भोर, अभियानी तथा अनुसन्धान मुलक परोपकारी संस्थाले आफनो विषेश रणनैतीक पहलको रुपमा प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिकोलागि महाअभियानलाई अगाडि सारेको हो । सोमवार जनकपुरधामको पगलाबाबा धर्मशालाबाट विशेष कार्यक्रममा उक्त महाअभियानको शुभारम्भ गरिएको छ । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा समाजको सकारात्मक परिवर्तनको संवाहक ६५ योद्धाहरुको सहभागितामा सञ्चालन भएको महाअभियानको शुभारम्भ समारोहमा प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिकोलागि बृहत सवांद कार्यक्रम पनि सञ्चालन भएको छ ।
महाअभियानको शुभारम्भ समारोहमा समाजको सकारात्मक परिवर्तनको संवाहकहरु राम आषिश यादव, सुरेश शर्मा, शिवनाथ झा, सरोज राय, सरोज मिश्र, विजय कुमार झा, राजकिशोर रजक, प्रदिप दत्त, रामबाबु ठाकुर, सिया सदा, चन्देश्वर सदा लगायतका व्यक्तित्वहरुको सहभागिता थियो । यसैगरी जनकपुरधाममा कार्यरत पत्रकारहरु श्याम सुन्दर शशी, हदिश खुद्दार, कैलाश दास, बटुकनाथ झा, प्रमोद कुमार साह, घनश्याम मिश्र तथा विभिन्न क्षेत्रहरुमा कार्यरत सञ्जय कुमार महतो, उमेश कुमार निराला, राज झा, राजिव मण्डल, शिवनारायण झा, दिनेश्वर साह, गणेश राय, गुञ्जन कुमार राय, नागेन्द्र साह, राकेश यादव, रामेश्वर महरा, सुन्दर कुमार सदा, जय राम यादव यदुवंशी, शशि कुमार सिंह, अशोक साह लगायतका व्यक्तिहरुको सक्रिय सहभागिताका साथ उक्त महाअभियानको शुभारम्भ र संवाद तथा पहल कार्यक्रम सञ्चालन भएको थियो । भोरका कार्यकारी समितिका सदस्य मिथिलेश साहले उक्त कार्यक्रम सहजिकरण गरेको थियो ।
भोरले महाअभियानको पहिलो चरणमा प्रदेश नम्बर २ को ८ वटै जिल्लामा सरकारी, गैरसरकारी, विज्ञ तथा विभिन्न सरोकारवालाहरु निकायसँग अन्तरक्रिया गर्ने जनाएको छ । दोस्रो चरणमा प्रत्येक जिल्लाका रहेको भौतिक, आर्थिक, समाजिक तथा सास्कृतिको विषयमा वृहत्त अध्ययन अनुसन्धान गर्न सोही जिल्लाका विज्ञहरुको सहयोगमा रिर्पोट तयार गर्ने जनाएको छ । भोरका अध्यक्ष राजकुमार महतोले विज्ञहरुबाट तयार गरिएको रिर्पोटलाई एकिकृत गरि प्रदेश नम्बर २ को समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको सम्बन्धी वृहत्त प्रतिवेदन तयार गरिने बताए ।
विज्ञहरु संलग्नतामा तयार गरेको प्रतिवेदन निर्वाचनपछि गठन हुने प्रदेश सरकार तथा संघीय सरकारलाई बुझाउने बताए । त्यस्तै, उक्त प्रतिवेदन कार्यान्वयनमा भोरले प्राविधिक सहयोग गर्ने र सहयोगकोलागि विभिन्न विदेशी दातृ संघसंस्थाहरु लाई प्रदेश नम्बर २ को अवस्था, आवश्यकताकोबारे सहयोगी नियोगहरुलाई सुसुचित गराउन कार्य गर्ने महतोले जानकारी दिए । महाअभियानले सरोकारवाला निकायलाई प्राविधिक सहयोग र आवश्यकता पर्दा सकारात्मक दवाव समेत दिनु प्रदेशको विकासमा सार्थक सावित हुने उनले बताए ।
प्रदेश नम्बर २ मा अन्य प्रदेश भन्दा फरक संस्कृति र अलग मौलिकता रहेकोले यसको विकासको व्यापक सम्भावना रहेको दावी गरे । भोरले गरेको संवाद र पहल कार्यक्रमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलले प्रदेश नम्बर २ आर्थिक, सामाजिक र संस्कृतिमा धनी रहेको विष्लेशन गरे ।
प्रदेश नम्बर २ मा पर्ने भुगोल इतिहासमै अबल्ल रहेको उल्लेख गर्दै उनले राजा जनक, सलहेस, दीनाभद्री लगायतका योद्धाहरुको जन्म र कर्मभुमि यहि प्रदेशमा भएको उनले चर्चा गरे । विश्व प्रसिद्ध दर्शनहरु मिथिला भूमिमै लेखिएको भन्दै उनले नेपालबाट मिथिला संस्कृतिलाई हटाएर नेपाली संस्कृतिको पहिचान शुन्य हुने दावी गरे ।