• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
Untitled

 राजविराज, ६ कार्तिक । प्रदेशसभा र प्रतिनीधिसभा निर्वाचनमा खटिने म्यादी प्रहरी छनौट गर्न यति गर्न सप्तरी प्रशासनलाई भ्याई–नभ्याई भएको छ ।

मधेशका जिल्लाहरुमा बढ्दो वेरोजगारी र गरिबी समस्याका कारण म्यादी प्रहरी भर्नामा युवाहरुको व्यापक सहभागिता देखिएको हो । सेवासँगै आर्थिक रुपले केही मद्दत मिल्ने उद्देश्यकासाथ सप्तरीमा १२ हजार ४८ जनाले फारम भरेका छन् । जिल्लाकालागि ३ हजार १ सय ६० जनाकालागि भर्ना खोलिएकोमा आवेदनकर्ताहरुको संख्या करिब चार गुणा बढी रहेकोले चयन गर्न आफुहरुलाई हम्मे–हम्मे पर्ने गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् । आवेदन दिएकाहरुबाट स्वस्थ्य प्रतिष्पर्धा गराएर म्यादी प्रहरी चयन गरि तालिम दिईने उनले बताए ।