• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भत्किएको महिनौं वितिसक्दा पनि बनेन सडक

राम नारायण यादव
राजविराज, १ कार्तिक । सप्तरीको फर्सैठ गाविस वडा नम्वर– ६ हाल राजविराज नगरपालिका वडा नम्वर– ११ स्थित नगर चौकमा सडक भत्किएको महिनौं वितिसक्दा पनि पुर्ननिर्माण हुनसकेको छैन ।
गत साउनमा आएको बाढीले राजविराज हनुमाननगर सडकखण्ड क्षतिग्रस्त भएको थियो । अविरल वर्षासँगै आएको बाढीले सो सडकमा आवत–जावत गर्न तथा सवारी साधन आवागमनमा समेत समस्या झेल्नुपरेको छ । बाटोमा बाढी पसेर सडक कटान गरी ठुला–ठुला खाल्डो परेकोले सवारी साधन चलाउन निकै समस्या भइरहेको सवारी चालक उमेश कुमार यादवले बताए ।
सडक मर्मतका लागि सम्बन्धित निकायलाई जानकारी गराए पनि कुनै चासो नलिएको अर्का टेप्पो चालक गंगा साहले गुनासो गरे । स्थानीय समाजसेवी एवम् राजनीतिकर्मी फुलचन साहले बाटोको अवस्था एकदमै जिर्ण भएकोले हिडडुलमा समेत समस्या भएको गुनासो गरे । बाटो काट्ने क्रममा स्थानीय सत्यनारायण यादवको मृत्यु समेत भएको जानकारी दिँदै उनले बाटो समयमा मर्मत नभए रातिको समयमा थप ठूलो दुर्घटना निम्त्याउनसक्ने सम्भावना रहेको बताए ।
बाटोको अवस्था सहज नरहेकोले ज्ञानोदय विद्या मन्दिरमा अध्यनरत विद्यार्थीहरुलाई आवतजावतमा निक्कै समस्या रहेको विद्यालयका शिक्षिक मनोज कुमार यादवले गुनासो गरे । यसतर्फ तत्काल सम्वन्धित पक्षको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ ।