• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

ग्लोबल सहकारीद्वारा सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालन

ग्लोबल सहकारीद्वारा सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालन

राजविराज, ३१ असोज । ग्लोबल बहुमुखी संस्था लिमिटेड राजविराजले मङ्गलवारदेखि सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।  संस्थाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे र राजविराज नगरपालिकाका उप–मेयर साधना झाले संयुक्त रुपमा रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् । सात सिट र अत्याधुनिक तथा सुविधायुक्त उक्त एम्बुलेन्समा बिरामी बेड, स्ट्रेचर, अक्सिजन सिलिण्डर, कुरुवा सिटर, आकस्मिक उपचार उपकरण लगायतका सेवा उपलब्ध रहेको संस्थाका प्रवद्र्धक पंकज कुमार पोखरेलले जानकारी दिए । कार्यव्रmमका प्रमुख अतिथि प्रजिअ पाण्डेले सामाजिक गतिविधीमा क्रियाशील ग्लोबल सहकारी संस्थाले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालन गरेर उदाहरणीय काम गरेको भन्दै प्रसंशा गरे ।

राजविराज नगरपालिकाका उप–मेयर साधना झाले ग्लोबलले मानवीय सेवाकालागि गरिरहेको कार्य प्रशंसनीय रहेको भन्दै नगरपालिकाले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।  पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले ग्लोबलको पवित्र उद्देश्य र कुशल नेतृत्वकै कारण सहकारी क्षेत्रमा ख्याती कमाएको चर्चा गर्दै भविष्यमा पनि यस संस्थाले सेवा भावलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास ब्यक्त गरे । उनले संस्थाको सबल नेतृत्वकै कारण मुठीया बचत कार्यव्रmमबाट शुरु भएको संस्थामा अहिले झण्डै ४० हजार भन्दा बढी सदस्य आबद्ध भई विशाल क्षेत्र ग्रहण गरेको भन्दै सफलताको कामना गरे ।

संस्थाका परियोजना प्रमुख उमेश प्रसाद यादवले सवैको साथ र सवैको विश्वासले मात्र संस्थाले कार्यक्षेत्र विस्तार गर्न सकेको बताए । ग्लोबलका संस्थापक अध्यक्ष सुखराम यादवले नाफामूलक भन्दा पनि सेवामूलक कामलाई बढी प्राथमिकता दिएकै कारण २५ जनाबाट शुरु भएको संस्थामा ४० हजार शेयर सदस्य रहेको बताए । भारतीय राजदुतावासको सहयोगमा प्राप्त एम्बुलेन्स पुरानो भईसकेकाले त्यसलाई मर्मत गरी शव वाहनको रुपमा प्रयोग गरिने र नगरवासीका लागि शव वाहन सेवा निःशुल्क हुने समेत उनले घोषणा गरे ।