• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

विपद् व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम

विपद् व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम

राजविराज, ३१ असोज । जिल्ला समन्वय समिति सप्तरीद्वारा मंगलबार राजविराजमा विपद् जोखिम न्युनिकरण, जलवायु परिवर्तन तथा सामुदायिक जोखिम लेखाजोखा र स्थानिय स्तहको योजनामा मुल प्रवाहिकरण विषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरियो ।
युनिसेफको सहयोगमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभा हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । बालकेन्द्रित विपद् जोखिम न्युनिकरण कार्यक्रम अन्तर्गत आयोजित उक्त अवसरमा स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेलले विपद् जोखिम न्युनिकरणका लागि जनसमुदाय सचेत रहनुपर्नेमा जोड दिए ।
जिल्लामा आएको बाढीको विषयमा चर्चा गर्दै पूर्व तयारी प्रर्याप्त नरहेको भन्दै अगामी दिनमा सम्बन्धित सरोकारबालाहरु गम्भिर भएर लागनुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका असरहरु विश्व भरि नै देखिएको भन्दै विपद् आउन नदिनका लागि वन संरक्षण, वृक्षारोपन, पोखरी, तलाउ संरक्षण हुनुपर्ने उनले बताए ।
कार्यक्रममा बालकेन्द्रित जोखिम न्युनिकरण कार्यक्रम संयोजक राजेश झाले विपद् जोखिम न्युनिकरणका चरणहरु अपनाउनु पर्ने सावधानीहरु, पूर्व तयारी लगायतका विषयमा सहजिकरण गरे । उक्त अवसरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका केन्द्रिय सदस्य अवधेश कुमार झा, जिल्ला अध्यक्ष जितेन्द्र खडगा लगायतले मन्तवय व्यक्त गरे ।