राजविराज, ३१ असोज । सप्तरीको नगरपालिका तथा गाउँपालिकाकाका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच मङ्गलवार सम्मान गरिएको छ ।
नेपाल रेडक्रश सोसाईटी शाखा सप्तरीले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । शाखाका अध्यक्ष जोगेन्द्र भगतको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्र, बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत र उपाध्यक्ष रुबी गुप्ता, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डल, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोजकुमार यादव ‘बहरखेर’ र उपाध्यक्ष तिर्थमाया मण्डललाई सम्मान गरेका छन् ।
कार्यक्रममा तिलाठी कोइलाडि गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचिताकुमारी यादव, वोदेवर्साइन नगरपालिकाका उप मेयर रञ्जुकुमारी साह र विष्णुपुर गाउँपालिकाका उपाध्यक्ष जंजीरा देवी यादवलाई सम्मान गरेका छन् । कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्र, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल, तिरहुँत गाउँपालिकाका अध्यक्ष मनोजकुमार यादव, उपाध्यक्ष तिर्थमाया मण्डल, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, उपाध्यक्ष सुचिताकुमारी यादवले मानवीय सेवामा रेडक्रसको भुमिका महत्वपूर्ण रहेकोले एकआपसमा समन्वय गरी जनताको सेवालाई प्रभावकारी बनाउनुपर्ने प्रतिवद्धता व्यक्त गरे ।