• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
किशोरीहरुलाई जीवन उपयोगी सिप तालिम

राजविराज, ३० असोज । सप्तरीको रुद्रनारायण माध्यमिक विद्यालय गोरगामामा किशोरीहरुलाई तीन दिने जीवन उपयोगी सिप तालिम सोमवार सम्पन्न भएको छ ।
दलित जनजागरण सेवा समितिबाट महिला प्रजनन् अधिकार कार्यक्रमको सहयोगमा विद्यालयका कक्षा ८ का १० जना किशोर र २० जना किशोरीहरुलाई जीवन उपयोगी सिप तालिमको आयोजना गरिएको हो । किशोरी अवस्थामा आउने शारीरिक परिवर्तन, यौन हिंसा, यौन दुव्र्यवहार, दौंत्तरी शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य, महिनावारी, किशोर अवस्थाका समस्या र समाधानका उपायहरु कसरी गर्ने, आत्मजागरण, आत्मअनुभुति, समालोचनात्मक सोचाई, श्रृजनात्मक सोचाई, द्वन्द्व व्यवस्थापन कसरी गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको थियो । तालिममा संस्थाका अध्यक्ष जीतु राम र सुमन ठाकुरले प्रशिक्षण दिएका छन् ।