• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तीन सातादेखि ११ वर्षिय बालक महेश वेपत्ता

खोजीकालागि परिवारजनद्वारा आग्रह
तीन सातादेखि ११ वर्षिय बालक महेश वेपत्ता

राजविराज, ३० असोज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर– ५ का रामेश्वर यादवले आफ्ना बेपत्ता छोराको खोजी कार्यमा सहयोग गरिदिन सबैपक्षसँग आग्रह गरेका छन् ।

तीन सातादेखि आफ्ना ११ वर्षिय छोरा महेश वेपत्ता रहेको भन्दै खोजी कार्यमा सहयोगकालागि उनले सम्वद्धपक्षसँग आग्रह गरेका हुन् । राजविराज स्थित  वल्र्ड भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरता कान्छो छोरा महेश असोज ९ गते विहानदेखि सम्पर्क विहिन रहेको बुवा रामेश्वरले पत्रकार सम्मेलनमा जानकारी दिए ।महेशले दाजु सचिनलाई खेल्न जाँदैछु भनी घरबाट निस्केकोमा हालसम्म सम्पर्क बाहिर रहेको बताउँदै उनले भने ‘तीन साता वितिसक्दा पनि छोरो अहिलेसम्म घर नफर्किंदा घरमा रुवावासी छ ।’ महेशलाई खोज्न नेपाल तथा भारतमा रहेका आफन्तजनहरुकहाँ खोजी गर्दा कही कतै पत्तो नलागेपछि आफुहरुले पत्रकार सम्मेलनमार्फत सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । राजविराज स्थित सडक विभागको साइड कार्यालयमा पियन पदमा कार्यरत रामेश्वर सडक विभागको कार्यालय कम्पाउण्ड भित्रै पाएको एउटा सानो कोठामा जेठा छोरा सचिनसँगै कान्छो छोरा महेशलाई राखेर पढाउँदैआएका छन् ।

भारतसँग सिमा जोडिएको क्षेत्रमा खोज्दा पनि छोरा फेला पार्न नसकेको उनले वेपत्ता छोराको खोजी गरिदिन आग्रह गर्दै असोज ११ गते प्रहरीमा पनि निवेदन समेत दिएका छन् । तर हालसम्म फेला पर्न नसकेको पत्रकार सम्मेलनमा उनले बताए । राजविराज नगरपालिका–८ का २८ वर्षिय राहुल यादवले आफ्नो छोराको अपहरणमा संलग्नता रहेको दावी गर्दै छानविनकालागि सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । स्कुल विदाका बेला पटक–पटक राहुलले छोरा महेशलाई मोटरसाइकलमा लिएर मुसहर्निया गाउँ स्थित उनको कुखुरा फारममा लिएर जाने गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । छोरा वेपत्ता भएकै दिनदेखि राहुलको कुखुरा फर्ममा काम गर्ने एक भारतीय कामदार समेत वेपत्ता छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका उपरीक्षक मुकेशकुमार सिंहले वेपत्ता महेशको खोजी कार्यमा आफुहरु गम्भीर रहेको तथा शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गर्ने कार्य भइरहेको बताएका छन् ।