राजविराज, ३० असोज । अमेरिका मधेशी समाजको (डिएफडब्ल्यु)को सहयोगमा सप्तरीका सप्तरीको मलेठ घटनाका शहिद आनन्द साहका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
मधेशी ईन्जिनियर्स स्टुडेन्ट यूनियन(मेसु)को समन्वयमा मलेठ घटनाको शहिद परिवार स्वर्गीय आनन्द साहको पत्नीलाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराईएको हो । कार्यक्रममा राजनितीक विष्लेशक बलराम यादव, मधेशी इन्जिनियर्स स्टुडेन्ट यूनियन(मेसु) का अध्यक्ष ई. संजिव नारायण यादव, उपाध्यक्ष ईन्जिनियर ओमनारायण यादव, उपाध्यक्ष ई. भूपेन्द्र कुमार मिश्रा, कोषाध्यक्ष ई. तिर्थनारायण दासलगायतको विशेष उपस्थिति रहेको थियो ।
गत साता मात्र मलेठ घटनाको शहिद सञ्जन मेहता, पिताम्बर मण्डल, इनर यादव, विरेन्द्र मेहताका परिवारजनलाई २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराईएको थियो । यस अघि मधेशी समाज अमेरिका डिएफडब्लु संस्था रहेकोमा उक्त संस्थाको नाम परिवर्तन भई हाल अमेरिका मधेशी समाजको (डिएफडब्ल्यु) नामांकन गरिएको छ ।