बृजमान तामाङ/बिरेन्द्र बजार ३० असोज । महिला तथा बालबालिका कार्यालय सप्तरीका महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठले महिला सफल हुनकालागि पुरुषको सहयोग आवश्यक रहेको बताएकी छिन् ।
नेपाल आदिबासी जनजाती महासंघ सप्तरीको सभाहलमा सोमवार आयोजित सरस्वती माता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कठौनाको सातौं साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । सहकारीको माध्यमबाट महिलाको क्षमता विकास हुने बताउँदै कार्यकक्रको प्रमुख अतिथी समेत रहेकी श्रेष्ठले कुनै पनि महिलाले सफलता हासिल गर्न पुरुष र महिला दुबैको सहकार्य आवश्यक रहेको बताईन् ।
शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले महिलाहरुको सक्रियतामा सञ्चालित सहकारीले सामाजिक विकासमा टेवा पुग्ने बताए । नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले सहकारी संस्थाले यूवाहरुमा झाँगिदै गएको विकृतीजन्य गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
शम्भुनाथ नगरपालिका वडा नम्वर–६ का वडा अध्यक्ष म. याकुब राइनले महिलाहरुद्वारा सञ्चालित सहकारीले छोटो समयमा गरेको प्रगतीको प्रशंसा गर्दै भवन निर्माण लगायतको आवश्यक कार्यमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका उपाध्यक्ष ममता साह, समाजसेबी यूगुत लाल चौधरी, सहकारीका सल्लाहकार धर्मेन्द्र मण्डल, जोखन चौधरी, थाकस शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरी, सहकारीका शेयर सदस्यहरु पार्बती चौधरी, सुशीला बिक लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरे ।
सरस्वती माता महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड कठौनाका सचिव संगिता चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत कोषाध्यक्ष सरिता चौधरीले गरिन् भने आ.व. २०७३÷०७४ को आर्थिक प्रतिवेदन संस्थाकी व्यवस्थापक बिणा देवी चौधरीले प्रस्तुत गरिन् । कार्यक्रममा महिला बिकास अधिकृत चन्द्रकला श्रेष्ठ, कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ, आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, वडा अध्यक्ष मो. आकुब राइन, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ममता साह, सल्लाहकार धर्मेन्द्र मण्डललाई दोसला ओढाएर सम्मान गरिएको छ ।