• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हत्यारालाई अविलम्व पक्राउ गर्न सप्तरीका निर्माण व्यवसायीहरुको माग

हत्यारालाई अविलम्व पक्राउ गर्न सप्तरीका निर्माण व्यवसायीहरुको माग

राजविराज, २९ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै निर्माण व्यवसायी संघ सप्तरीले आइतबार सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्ष गौचनको दिनदहाडै सार्वजनिक स्थानमा हत्या गरिएकोले उक्त हत्याकाण्डका  दोषीहरुलाई तत्काल पत्ता लगाई ३१ गते भित्र कानूनी दायरामा ल्याउन माग गर्दै संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हो । तोकिएको समयभित्र हत्यारा पत्ता नलागे बाध्य भएर  निर्माणव्यवसायीहरु विरोधका कार्यक्रमहरु गर्ने अध्यक्ष राम अषिश प्रसाद साहद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।  निर्माण व्यवसायीहरुले नेपाल सरकारको विभिन्न निकायहरुबाट सम्झौता गरी सञ्चालनमा रहेका भौतिक निर्माणका कार्यहरु बन्द राख्ने, नेपाल सरकारद्वारा प्रकाशित वोलपत्रहरुमा हाम्रो सहभागीता नरहने गरी वहिष्कार गर्ने र माथि उल्लेखित कार्यक्रम सञ्चालन अवधीभित्र सन्तोषजनक मांग पुरा नभएमा पछि कडा विरोधका कार्यक्रहरु सञ्चालन गरी कडा आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा जनाईएको छ ।

गौचनको गत सोमबार असोज २३ गते दिउँसो ३ बजेतिर काठमाडौँ नयाँ बानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । हत्या विरुद्ध निर्माण ब्यवसायीहरुले देशब्यापी आन्दोलन गर्दैआएका छन् । संघको कार्यालय सप्तरीमा तीन दिनकालागि बन्द गरिएको थियो भने विकासीय कार्यालबाट गरिने टेण्डर वहिष्कार र हाल भईरहेका विकास निर्माण कार्य स्थगन गरिएको छ । महासंघका अध्यक्ष गौचनको हत्या सिंगो निजि क्षेत्र र विकास निर्माणमाथिको आक्रमण भएकाले तुरुन्त हत्यारा पत्ता लगाएर कानूनी दायरामा ल्याई कार्वाहिको माग गरिएको छ ।