महुली, भदौ १२ गते । जिल्ला दुध उत्पादक सहकारी संघ सप्तरीले दुधको विक्री मुल्यमा एकरुपता कायम गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले हालसालै गरेको दुधको मुल्य वृद्धि पश्चात केही ब्यायारिक संघ संस्थाहरुले उपभोक्ताहरुलाई असर पर्ने गरी आफुखुसी मुल्य वृद्धि गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने उदेश्यले सप्तरीको महुलीमा मंगलवार बसेको संघको वैठकले सो निर्णय गरेको हो । संघका अध्यक्ष भुवन प्रसाद आचार्यको अध्यक्षतामा बसेको वैठकले भदौ ७ गतेवाट जिल्ला भरी लागु हुनेगरी दुधको स्थानिय विक्री मुल्य प्रति लिटर ७६ रुपैंया कायम गरेको वैठकपछि संघद्वारा जारी प्रेश विज्ञप्तीमा जनाइएको छ ।
दुग्ध विकास संस्थानले गत भदौ १ गतेवाट लागु हनेगरी कृषकवाट खरिद गरिने ४.० फ्याट र ८.० एसएनएफको कच्चा दुधको साविक मुल्य ४३ रुपैया १८ पैसा प्रति लिटरबाट वढाएर ४७ रुपैंया २८ पैसा कायम गरेको छ । त्यसैगरी साविकको विक्री मुल्यमा प्रति लिटर ६ रुपैंयाका दरले वृद्धि गरेको छ ।