• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मतअभिमत

स्वर्गीय फुलेश्वरीप्रति हार्दिक श्रद्धाञ्जली !

स्वर्गीय फुलेश्वरीप्रति हार्दिक श्रद्धाञ्जली !

सप्तरीका सञ्चार उद्यमी तथा यस सञ्चार मिडियाका अध्यक्ष शिवनारायण साह(हलुवाई)लाई बुधबार मातृशोक परेको छ । साहकी आमा फुलेश्वरी देवीको ९० वर्षको उमेरमा राजविराज स्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो । राजविराजमा सर्वप्रथम अफसेट प्रविधिबाट पत्रिका प्रकाशनको शुभारम्भ गरेका साहलाई आमा फुलेश्वरीले प्रत्यक्ष परोक्ष रुपले हरदम प्रेरणा दिने गर्नुभएको हो ।

राजविराजमा पुस्तक व्यवसाय सुरु गर्नु पूर्व सप्तरीकै भगवतपुरमा स्थायी बसोबास गर्दै आएको साह परिवार आफ्नै व्यवसायमा कर्तव्यनिष्ठ र इमान्दार व्यवसायीका रुपमा स्थापित भएसँगै हाल केही दशक यता राजविराजकमै स्थायी रुपमा रहँदै आएका हुन् । पत्रिका प्रकाशनमा पूर्वाञ्चलमै अग्रणी रहेपनि सप्तरीमा आधुनिक प्रविधि (अफसेट) बाट पहिलो पटक ‘सत्यापन साप्ताहिक’ को प्रकाशन आरम्भ भएको हो, जसको श्रेय स्वर्गीय फुलेश्वरीका एक मात्र सुपुत्र रहनु भएका शिवनारायणलाई नै जान्छ ।

पुस्तक व्यवसायमा पनि पाठयपुस्तक सँगसँगै धार्मिक सांस्कृतिक लगायत विभिन्न विधाका पुस्तकहरु त्यति बेलाको कठिन परिवेशमा पनि भारतका विभिन्न शहरसम्म पुगेर आफ्नै पहल र प्रयासमा ल्याई व्यवसायमा विविधता थप्ने काम वहाँद्वारा स्थापित ‘साझा पुस्तक भण्डार’ बाट हुँदै आएको कुरामा सप्तरीवासीहरु विज्ञ नै रहेका छन् । पञ्चायती शासनको अवसानसँगै आएको खुला परिवेशले प्रेस जगतमा पनि खुकुलोपन आउन थाल्यो । वदलिदो परिवेशमा स्थानीय तहका समाचारहरुले पनि प्राथमिकता पाउनुपर्छ भन्ने मान्यताका साथ गठित ‘कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.’ को अध्यक्षका हैसियतले शिवनारायण साहकै नेतृत्वमा सप्तरीमा पत्रकारितालाई अझै विस्तार गर्ने काम गरेको छ ।

‘सत्यापन साप्ताहिक’बाट सुरु भएको पत्रिका प्रकाशनले फड्को मार्दै अहिले ‘न्यूज टुडे’ दैनिक सँगसँगै ‘न्यूज टुडे डटकम डट एनपी’ अनलाइन मार्फत निरन्तर समाचार प्रवाहको क्रम जारी छ । यी सबै कामका पछाडि स्वर्गी फुलेश्वरी देवीको प्रेरणा तथा आफ्नो क्षेत्रबाट प्राप्त सहयोगलाई कदापि भुल्न सकिन्न । जिल्लामा पत्रिका किनेर पढ्नु पर्छ भन्ने धारणालाई प्रष्फुटित तुल्याउन कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.ले गरेको मिहिनेत तर प्रयासका बारेमा स्थानीय जनमानस लगायत यहाँका सञ्चारकर्मी भित्रसमेत साक्षीका रुपमा रहनुभएको हामीले महशुस गरेका छौं ।

२०६३।०६३ को आन्दोलनका क्रमा सडकमै प्रेस ल्याएर पत्रिका प्रकाशन गरेको कुरा राजविराजका जनजनको मनमस्तिष्कमा अझै पनि तरोताजा नै हुनु पर्दछ । मानव शरीर नश्वर छ, व्यक्तिले गरेको राम्रो कामले नै ऊ जनताको मनमस्तिष्कमा अमीट छाप छोड्न सफल हुने हो । उद्योग, व्यवसाय, व्यापार लगायत आर्थिक रुपमा पछि पर्दै गएको सप्तरीमा आफ्नो क्षेत्रबाट पु¥याएको योगदान स्वरुप दिवंगत फुलेश्वरी पक्कै पनि स्मरणीय रहनु हुनेछ । दुःखको यस घडीमा शोकाकूल परिवारजनप्रति गहिरो सम्वेदनाका साथ स्वर्गीय फुलेश्वरीप्रति हार्दिक श्रद्धाञ्जली !