• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

लाली गुराँस र ह्याप्पील्याण्ड टिम विजयी

लाली गुराँस र ह्याप्पील्याण्ड टिम विजयी

राजविराज, १२ पुस । सप्तरी क्रिकेट संघको सहयोग तथा लायन्स क्रिकेट एकेडेमीको आयोजनामा राजबिराजको राजरंगशालामा संचालित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत चौथो दिनको खेलमा लाली गुरास सेकेण्ड्रीले दुर्गालाई ८६ रनले तथा हयाप्पील्याण्डले शारदालाई ६ बिकेटले पराजित गरि विजयी प्राप्त गरेको छ ।
प्रतियोगिता अन्र्तगत चौथो दिनको पहिलो खेलमा लाली गुराँसले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १८ ओभरको खेलमा अनिल यादवको ६४, रोबिन सिंह ३९ र इमरान जोशिको ३५ रनको मद्धतले ५ बिकेटको नोक्सानीमा बिशाल १ सय ७१ रनको योगफल तयार पारेका थिए । प्रतिउत्तरमा बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको दुर्गा सेकेण्ड्री ८५ रनमै समेटिए पछि ८६ रनको पराजय व्योहोरिएको थियो । दुर्गाकालागि प्रबिन चौधरी र निहाज यादवले क्रमशः२३ र १० रनको योगदान दिएका थिए । बलिंग तर्फ लागि गुरासका अनिल यादवले अलराउण्डर प्रर्दशन गर्दै ५ र रोबिन सिंहले ३ बिकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन गरेका लालि गुराँसका अनिल यादव म्यान अफ द म्याच घोषित भएका थिए ।
चौथो दिननै सम्पन्न दोश्रो खेलमा शारदाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १७ ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई ७७ रनमै समेटिएको थियो । शारदाका लागि तिलक लामा र अनिल साहले क्रमश ः २४ र १३ रनको योगदान दिएका थिए । शारदालाई सस्तोमा समेटन हयाप्पील्याण्डका अश्विन सिंह ३ बिकेट तथा रामचन्द्र मेहता, पुष्पेन्द्र झा र दयानन्द साहले सामान २ बिकेट लिए ।
७८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको हयाप्पील्याण्डले उक्त लक्ष्य १४ ओभरमा ४ बिकेटको नोक्सानीमा भेटाएका थिए । हयाप्पील्याण्डका लागि पुष्पेन्द्र झाले अविजित रहि २५ रन तथा अश्विन सिंहले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ शारदाका अनिल साहले ३ तथा तिलक लामाले १ बिकेट लिएका थिए । खेलको म्यान अफ पुष्पेन्द्र झा घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत बुधवार पहिलो खेल शिब्स र लालीगुरास बिच तथा दोश्रो खेल बेवी एन्जल लहान र गौतम शिशु सदन बिच हुने जानकारी आयोजक समितिका उज्वल यादवले बताए ।