• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मतअभिमत

नश्लभेदी टिप्पणी गरेर लोकतन्त्रको ढोल पिट्नुको औचित्य छैनः अधिकारकर्मी रुपा झा

नश्लभेदी टिप्पणी गरेर लोकतन्त्रको ढोल पिट्नुको औचित्य छैनः अधिकारकर्मी रुपा झा

प्रधानन्यायाधीशज्यूको मधेशी महिलाप्रतिको टिप्पणी हेर्दा उहाँप्रति ‘कठै’ भन्न मन लाग्यो । घुम्टोमा बसेकै कारण समानुपातिकता मात्र नभई समावेशितासम्मकालागि पनि मधेशी महिलालाई अयोग्य मान्नु हुने उहाँले सोच्नुपर्ने कुरा के हो भने यदि अधिकार र योग्यता खुल्लापनबाटै आउने हो भने नाङ्गोपनको हदसम्म खुल्लापनमा रमाउने अमेरिकामा हिलारी क्लिन्टन पराजित हुने कुरै आउँदैनथ्यो । ….. aandolan-photo-1त्यही घुम्टोवाल मिथिलाकी एक गृहस्थ महिला महापण्डित मण्डन मिश्रपत्नी भारतीले शास्त्रार्थमा शंकराचार्यलाई पराजित गरेको कुरा पनि विदूषी प्रधानन्यायाधीशको संज्ञानमा हुनै पर्दछ । …. संस्कार विशेषलाई लिएर जहाँ न्यायालयका सर्वोच्च व्यक्तिबाटै नश्लभेदी टिप्पणी आउँछ त्यहाँ लोकतन्त्रको ढोल पिट्नुको कुनै अर्थ छ र ?
मधेशी महिला हरेक क्षेत्रमा अग्रपंक्तिमा छन्, हरेक आन्दोलनमा शहादत दिने मधेशी महिलाको भूमिकालाई के भन्नुहन्छ प्रधानन्यायाधीशज्यू ? हालै काठमाडौंमा भएको मधेश आन्दोलनमा आफ्नो हक अधिकारकालागि जारी शान्तिपूर्ण आन्दोलनमा मधेशी महिलाले निभाएका भूमिकाको केही झलक…
शब्द तथा तस्विरहरु अधिकारकर्मी एव्म साहित्यकार रुपा झाको फेसबुकबाट

aandolan-photo-1

aandolan-photo-3

aandolan-photo-5