• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एमपिएलमा सप्तरीका दुई टिम सेमिफाइनलमा

राजविराज, ८ कात्तिक । राजविराजमा सञ्चालित एमपिएलको टि टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको सोमवारको खेलमा सप्तरीका मेसुलंका र युथ ऐकेडमी सेमिफाईलनमा प्रवेश गरेको छ ।
पहिलो खेलमा मेसुलंका राजविराजले चपुर क्रिकेट क्लव रौतहटलाई २ बिकेट तथा युथ एकेडमी राजबिराजले बिरगञ्जलाई २६ रनको अन्तरले पराजित गर्दे दुवै टिम सेमिफाईनलमा प्रवेश गरेको छ । स्थानिय राजरंगशालामा भएको क्वाटर फाइनलको पहिलो खेलमा टस जितेर चपुर रौतहटले ब्याटिङ्ग गर्दे निधार्रित २० ओभरमा सबै बिकेट गुमाई १२४ रनको योगफल बनाए । जसमा आदिल खान ३८ रन,सुधिर चौधरी र रोशन शर्माले समान्य १८ ÷१८ रन बनाए ।
बलिंगतर्फ मेसुका अजय राजबंशी ३, बिकेट र बिटु कुमार तथा रबिन सिंहले २÷२ बिकेट हात पारेका थिए । जवाफमा मेसुले १९।३ ओभरमा ८ बिकेटको क्षतिमा जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए । जसमा राकेश कामैत २९ रन, मुकुन्द यादब, १७ तथा अजय राजबंशीले अबिजित १३ तथा बिकास दासले पनि १३ रन जोडका थिए । बलिङ्गतर्फ चपुरका आशिष पोखरेल २ किकेट तथा रोशन शर्मा र नन्दन यादवले १÷१ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच मेसुका अजय राजवंशी घोषित भए ।
दोस्रो खेलमा टस जितेर युथले ब्याटिंग गर्दे २० ओभरमा ६ बिकेट गुमाई ११५ रनको योगफल खडा गरे । जसमा फिरदोस अन्सारीले ३९ रन, रबि रोय ३६ मिनाष थापा १० रन जोडे । बलिंग तर्फ बिरंगजका रामनरेश गिरी,ईसार्द खान,सेफुला अंसारी,हासिम अंसारीले समान्य १÷१ लिए ।
जवाफमा ११६ रनको लक्ष्य लिएका बिरगञ्जले १८।५ ओभरमा सबै बिकेटको गुमाएर ८९ रनमै सिमित रहे । टिमकालागि हासिम अन्सारी १९ रन, नसरुद्दीन अन्सारी १५ तथा रसिद खानले १५ रन जोडेपनि जितकोलागि प्रयाप्त भएन । बलिङ्गतर्फ युथका दिपेन्द्र रावत ४ बिकेट फिरदोस अंसारी २ मिकु मण्डल र जय चौधरीले समान्य १÷१ हात पारे । खेलको म्यानअफ दि म्याच युथका दिपेन्द्र रावत घोषित भए ।
मङ्गलवारको पहिलो सेमिफाईनल खेल मेसुलंका राजविराज तथा महोत्तरी र दोस्रो खेल गणपति र युथ बिच हुने आयोजक समितिका उज्जवल यादवले बताएका छन् ।