• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

एमपिएलको सेमिफाइनलमा महोत्तरी र गणपति टिम

एमपिएलको सेमिफाइनलमा महोत्तरी र गणपति टिम

राजविराज, ७ कात्तिक । राजविराजमा सञ्चालित एमपिएलको टि–टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको आईतवारको खेलमा महोत्तरीले रञ्जितपुरलाई १२ रनले तथा गणपतिले नवलपरासीलाई ४९ रन अन्तरले हराउँदै दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन ।
स्थानिय राजरंगशालामा आइतवार देखी शुरु भएको क्वाटर फाइनलको पहिलो खेलमा टस जितेर गणपति टिम सप्तरीले ब्याटिंग गर्दे १५.३ ओभरमा सबै बिकेट गुमाई १६० रनको योगफल खडा गरे । जसमा विजयी भारतीले ४५ रन, अन्तराष्टिय खेलाडी महवुव आलमले ३५ रन तथा अमल दासले ३० रन जोडे । बलिंग तर्फ नवलपरासीका ईकलाक महमद ३,बिकेट र पुरन बिक, रोशन गुपतेल र संन्दिप रजालीले २÷२ बिकेट हात पारे ।
जवाफमा नवलपरासीले २० ओभरमा ५ बिकेट गुमाएर १११ रनमै सिमित रहे । जसमा बिजय सिँहले ५६ रन नटआउट तथा ईकला अमहमदले १८ रन अभिजित रहेपनि टिमलाई जिताउन असफल रहेका थिए, जस कारण गणपतिले ४९ रनको अन्तरले जित हासिल गरेको छ । बलिङ्गतर्फ दिपेन्द्र ऐरी २ तथा राजेश सिँह र कुसल भुर्तेलले १÷१ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच विजय भारती घोषित भए ।
यसै गरी दोस्रो खेलमा मोहतरीले टस जितेर ब्याटिंग गर्दे १८ ओभरमा ९ बिकेट गुमाई १२६ रनको योगफल खडा गरेका थिए । जसमा मुरारी ठाकुले ३३ रन,शमसाद शेख २१ रन तथा कुनदन सिँहले नटआउट १५ रन जोडेका थिए । बलिंग तर्फ रंजितपुरका संजय साह २ बिकेट तथा संजित सिँह र अभिराज यादबले १ ÷१ बिकेट हात पारे ।
जवाफमा रंजितपुरले १७ ओभरमा ९ बिकेटको क्षतिमा १०४ रनमै सिमित रहे,टिमका लागी जय चौधरीले २४ रन ,रबिन्द्र यादबले २१ संजय साहले २० रन जोडे पनि जितकोलागि पर्याप्त भएन । बलिङ्गतर्फ महोत्तरीका गोपाल सिंह, रितेश सिंह र ईसान पाण्डेले् २÷२ बिकेट लिए । खेलको म्यान अफ दि म्याच मोहमद शमसाद शेख घोषित भए । क्वाटर फाइनल खेल अन्तर्गत पहिलो खेल मेसुलंका राजविराज तथा रौतहट र युथ राजविराज र बिरंगज बिच हुने आयोजक समितिका पवन दासले जानकारी दिएका छन् ।